फिलिपिन्सलाई नेपालले दियो २ सय १९ रनको लक्ष्य | Khabarhub Khabarhub

फिलिपिन्सलाई नेपालले दियो २ सय १९ रनको लक्ष्य

कुशल बने सतक बनाउने तेस्रो नेपाली क्रिकेटर



काठमाडौं-आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप छनोट ए अन्तर्गत नेपालले सानदार ब्याटिङ गर्दै फिलिपिन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ ।

ओमानको ओमान क्रिकेट एकेडेमीमा जारी खेलमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन बनाएको हो ।

कुशल भुर्तेलले नटआउट १ सय ४ रन बनाउँदै पारस खड्का र ज्ञानेन्द्र मल्लपश्चात अन्तराष्ट्रिय टि-ट्वान्टीमा सेन्चुरी बनाउने नेपालका तेस्रो क्रिकेटर बनेका छन् ।

कुशल भूर्तेलले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गर्दैँ सेन्चुरी पुरा गरे ।

दीपेन्द्र सिंह ऐरीले ८३ रन, कुशल मल्लले १२ र लोकेश बमले नटआउट ६ रन जोडे ।

आशिफ शेख भने शून्य रनमा आउट भए । नेपालले आजको खेल जित्नको लागि अब कसिलो बलिङ गर्न पनि आवश्यक छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १ : ४० बजे

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका