एमसीसी अनुमोदन गर्ने/नगर्ने अधिकार नेपालको: अमेरिकी दूतावास | Khabarhub Khabarhub

एमसीसी अनुमोदन गर्ने/नगर्ने अधिकार नेपालको: अमेरिकी दूतावास


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ । एमसीसीलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको अमरिकी राजदूतावासले बताएको हो ।

एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कूटनीति प्रयोग गरिरहेको आरोप चीनले लगाएको भोलिपल्ट शनिबार अमरिकी दूतावासले एमसीसीको सामाग्री वेवसाइटमा राखेको छ ।

यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५ औँ वर्ष भएको र यी ७५ वर्षमा नेपालमा ठूला परिवर्तनहरू भएको उल्लेख गर्दै वेवसाइटमा यी परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको बताइएको छ ।

‘हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ’ अमेरिकी दूतावासले भनेको छ ।

अमेरिकाले नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने बताएको छ ।

‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो’ विज्ञप्तिमा भनिएको छ ।

५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अमेरिकी जनताको तर्फबाट उपहार भएको जनाइएको छ ।

यो दुई मुलुकबीचको साझेदारी भएको जनाउँदै अमेरिकाले यसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनमा सुधार गर्ने जनाएको छ ।

‘यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ’ अमेरिकाले भनेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ९ : २९ बजे

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौं – जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार

जेन-जी आपसी विवादमा अल्झिँदा सडकमा दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वपलाई लिएर विवाद बढ्न थालेपछि

जेन-जीसँगको वार्तामा अलमलबीच सेनाको कडाइ, सबै नेताको फोन अफ, साँझैदेखि बजार बन्द गराउँदा अनेक आशंका

काठमाडौँ- सोमबार र मंगलबार देशव्यापी आन्दोलन गरेका जेन-जीसँगको वार्ताबाट अन्तरिम

तनहुँमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर भोलि (शुक्रबार) बिहान