प्रतिनिधिसभा बैठक बस्दै : एमसीसी पेश गर्ने तयारी « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै : एमसीसी पेश गर्ने तयारी


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद्को प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आइतबार दिउँसो १ बस्नेछ।

सचिवालयले शनिबार सार्वजनिक गरेको कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी समावेश गरिएको छैन। तर, सत्ता गठबन्धनका दलले एमसीसीको विषयमा संसदमा छलफल हुनुपर्नेमा सहमति जनाएका छन्।

नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदमा पेश गरेर छलफल गर्ने निर्णय गरेको छ। शनिबार बसेको स्थायी कमिटी बैठकपछि महासचिव डा. बेदुराम भुसालले सार्वजनिक गरेको विज्ञप्तिमा छलफलका लागि एमसीसी पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसले यसअघि नै एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ। माओवादी केन्द्रसमेत संसदमा पेश गरेर छलफल गर्न तयार भएको नेताहरुले बताएका छन्।

दलहरु एमसीसी संसद्मा पेश गर्न तयार भए पनि संसद सचिवालयले गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन।

बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने मात्र उल्लेख छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ६ : ४४ बजे

२४ घण्टामा देशभर २२ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्दैछ।

२०८३ को पात्रोको गणना सम्बन्धी निर्णय यो साता हुँदै

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं २०८३ को

बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो

काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा