स्पेनिस ला लिगा : रियल र एट्लेटिको विजयी « Khabarhub

स्पेनिस ला लिगा : रियल र एट्लेटिको विजयी


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् ।

रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे ।

अर्को खेलमा भ्रमणकारी टोली एट्लेटिकोले ओसासुनालाई ३-० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो । एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले एक एक गोल गरे ।

जितसंगै २५ खेलबाट ५७ अंक बनाएको रियल शीर्ष स्थानमा छ । एट्लेटिको भने समान खेलबाट ४२ अंक बनाएर चौथो स्थानमा छ ।

यता पराजित अलाभेस २० अंक सहित रेलिगेशन जोनमा छ भने ओसासुना ३२ अंक सहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ३२ बजे

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६