सिटी टोटनहमसँग पराजित, लिभरपुल, चेल्सी र आर्सनल विजयी « Khabarhub

सिटी टोटनहमसँग पराजित, लिभरपुल, चेल्सी र आर्सनल विजयी


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई रोमाञ्चक खेलमा ३-२ ले निराश पारेको छ ।

शीर्ष स्थाको सिटी निराश हुँदा लिभरपुलले भने नर्विच सिटीलाई ३-१ अन्तरले हराउँदै पेप ग्वार्डिओलाको टोलीसँगको दूरी सात अंकमा झारेको हो । सिटी भन्दा लिभरपुलले एक खेल कम खेलेको छ ।

चौथो मिनेटमा डेजान कुलुभ्सिकीको गोलमा टोटनहमले अग्रता लिएको थियो । ३३औं मिनेटमा एल्के गुन्डोगानको गोलमा सिटी खेलमा फर्किएको थियो। ५९औं मिनेटमा केनले पुनः टोटनहमलाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्र्दै टोटनहमको अग्रता ३१ मा पुर्याए पनि भिडियो सहायक रेफ्री भिएआरले सो गोललाई मान्यता दिएन ।

इन्जुरी समयको दोस्रो मिनेटमा रियाद महारेजले पेनाल्टीको सदुपयोग गर्दा सिटीले टनेटहमसँग अंक बाँड्ने संकेत गरेको थियो । तर त्यसको तीन मिनेटपछि नै केनले गोल गर्दै सिटीको सो लक्ष्यमा पूर्णविराम लगाइ दिएका थिए ।

अक्टोबरमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएपछि सिटीको प्रिमियर लिगमा यो पहिलो हार हो । सिटी २६ खेलमा ६३ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंक बढी हो । तेस्रो स्थानको चेल्सीको ५० र चौथो स्थानको म्यानचेस्टर यनाइटेडको ४३ अंक रहेको छ ।

सिटीसँगको अंक दुरी कम गर्ने क्रममा लिभरपुलले नर्विच सिटीलाई ३-१ ले हराएको हो । ४८औं मिनेटमा रासहिचाको गोलमा नर्विचले अग्रता लिएको थियो । ६४औं मिनेटमा साडियो मानेले लिभरपुललाई खेलमा फर्काएका थिए । त्यसको तीन मिनेटपछि मोहम्मद सलाहले लिभरपुलाई अगैता दिलाए । ८१औं मिनेटमा लुइस डियाजले लिभरपुलका लागि तेस्रो गोल गरे ।

रातिका अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १- , आर्सनलले ब्रेन्टफोर्डलाई २-१, वाटफोर्डले एस्टन भिल्लालाई १-०, बर्नलीले ब्राइटनलाई ३-१, साउथह्याम्पटनले एभार्टनलाई २-० ले पराजित गर्यो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ८ : ३७ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी