जावलाखेल र हिमालयम तथा मनाङ र एनआरटी भिड्दै « Khabarhub

जावलाखेल र हिमालयम तथा मनाङ र एनआरटी भिड्दै


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछ ।

दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो एक बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीको लक्ष्य शीर्ष छ मा टुंगाउने हुनेछ र दुबैको योजना जित रहेको छ ।

जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा छ । हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा छ । साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटी आमुने सामुने हुनेछन् ।

लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको कारण मनाङको लक्ष्य शीर्ष दुईमा रहने हुनेछ । एन आर टी तालिका सुधार गर्न चाहन्छ ।

मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा छ । एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : ०६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको