रुसले सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाएको आशंका छ : बेलायत | Khabarhub Khabarhub

रुसले सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाएको आशंका छ : बेलायत


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् ।

बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले भने, ‘सबै संकेतहरू यस्ता छन् कि योजना केही अर्थमा सुरु भइसकेको छ ।’

रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेको गुप्तचरले जानाकारी दिएको उनले बताए । ‘मानिसहरुले मानव जीवनको मूल्य बुझ्न आवश्यक छ,’प्रधानमन्त्रीले थपे ।

रुसी आक्रमण हुनै लागेको हो त भन्ने बीबीसीको जिज्ञासामा प्रधानमन्त्री जोनसनले भने, ‘मलाई डर छ, जसलाई प्रमाणले इंगित गरेको छ । ’ उनले अगाडि थपे, ‘तथ्य यो हो कि योजना पहिले नै केही इन्द्रियहरूमा सुरु भइसकेको छ ।’

करिव १ लाख ६९ हजारदेखि १ लाख ९० हजार रुसी सेना युक्रेनको सीमामा रहेको अमेरिकाले पछिल्लो पटक अनुमान गरेको छ । तर, यो तथ्यांकमा पूर्वी युक्रेनमा सरकारविरुद्ध विद्रोह गरिरहेका विद्रोही पनि पर्छन् ।

रसियाले जुनसुकै बेला युक्रेनमा हमला गर्न सक्ने पश्चिमा मुलुकहरुले सावधानी दर्शाउँदै आएका छन् तर, रसियाले ती देशको दाबी अस्वीकार गर्दै आएको छ । आफूहरुलै सैन्य अभ्यास गरेको रुसको भनाई छ ।

‘मलाई यो भन्न डर छ की जुन योजना हामीले देखिरहेका छौ, त्यो वास्तवमा आकारका हिसावल युरोपमा सन् १९४५ पछिकै ठूलो युद्ध हुन सक्छ,’ जोनसनले भने । युक्रेनको सम्भावित हानीबारे मात्र नभएर मानिसहरुले युवा रसियालीको बारेमा पनि सोच्नुपर्ने आवश्यकता भएको उनले बताए ।

अमेरिकी राष्ट्रपति जोन बाइडेनले रसियाली फौज युक्रेनको पूर्वी क्षेत्र र विद्रोहीको पकड रहेको दोनबासबाट मात्र नभई बेलारुसको तल्लो भाग र राजधानी किभ वरपरको क्षेत्रबाट युक्रेन प्रवेश गर्ने योजनामा रहेको पश्चिमा नेताहरुलाई जानाकारी दिएकोसमेत प्रधानमन्त्री जोनसनले बताए । बाइडेनले गुप्तचर सूचनाका आधारमा पश्चिमेली देशका नेताहरुलाई सो जानाकारी दिएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : १२ बजे

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौं – जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार

जेन-जी आपसी विवादमा अल्झिँदा सडकमा दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वपलाई लिएर विवाद बढ्न थालेपछि

जेन-जीसँगको वार्तामा अलमलबीच सेनाको कडाइ, सबै नेताको फोन अफ, साँझैदेखि बजार बन्द गराउँदा अनेक आशंका

काठमाडौँ- सोमबार र मंगलबार देशव्यापी आन्दोलन गरेका जेन-जीसँगको वार्ताबाट अन्तरिम

तनहुँमा शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाभर भोलि (शुक्रबार) बिहान