पाँच वर्षभित्र देशको मुहार फेर्नुछः मन्त्री बाँस्कोटा « Khabarhub

पाँच वर्षभित्र देशको मुहार फेर्नुछः मन्त्री बाँस्कोटा


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हरेक दिन नयाँ सोच र काम लिएर अघि बढ्नुपर्ने बताएका छन् । बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी वनभोजस्थल स्नानगृहको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले हरेक जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेकका काममा एक मिनेट पनि दायाँबायाँ सोच्न नहुने बताए ।

मन्त्री बाँस्काटाले भने “हरेक दिन नयाँ सोच र नयाँ कामको पहिचान आजको आवश्यकता हो, हामीले पाँच वर्षभित्र देशको मुहार फेर्नुछ, त्यसैले जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेक दायाँबायाँ लाग्न मिल्दैन ।” मन्त्री बाँस्कोटाले गत साल विकासको जग बसालियो, यो साल पिल्लर उठ्नेछ र अर्को साल सुन्दर घर बन्नेछ। “विकासको काम आजको आजै देखिन्न, धैर्य गर्नुपर्छ”, उनेले भने “आउँदा केही वर्षमै दुई अङ्कको आर्थिक वृद्धिदर पुग्नेछ ।”

मन्त्री बाँस्कोटाले विकासको काम कुनै दलविशेष मात्र नहुने बताए । एक फरक प्रसङ्गमा उनले नेपालमा दुईखाले शिक्षाको आवश्यकता नरहेको बताउँदै सार्वजनिक शिक्षा सुधार भइसकेपछि एकै प्रकारको शिक्षा हुने उल्लेख गरे । उनले भने “दीर्घकालीन महत्वको सार्वजनिक शिक्षा सुधार भएको दिन, निजी शिक्षा आफैँ निष्क्रिय हुनेछ ।”

मन्त्री बाँस्कोटाले बनेपा नगरपालिकालाई प्रत्येक वडामा वृद्धवृद्धा मिलन केन्द्र स्थापना गर्न आग्रह गरे ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ९ : ०४ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी