हनुमन्ते पुलमुनि भेटियो बालिकाको शव « Khabarhub

हनुमन्ते पुलमुनि भेटियो बालिकाको शव


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर –  मध्यपुर ठिमी नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनि आज एक बालिकाको शव भेटिएको छ । थिमिको राधेराधेसँगैको हनुमन्ते खोलाको पुलमुनि अनुहार चिन्न नसक्ने अन्दाजी १० देखि १२ वर्ष उमेरकी एक बालिकाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले केही दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिने, अनुहार कुकुर र अन्य किराले खाएर चिन्नै नसक्ने अबस्थामा बालिकाको शव भेटिएको बताए ।

बालिकको शव खोलामा बगाएर ल्याएको हुनसक्ने आशङ्का व्यक्त गर्दै उनले बालिकाको हत्या वा अरू के हो भन्ने तत्कालै भन्न सक्ने अवस्थामा नभएको बताउँदै घटनाको अनुसन्धान भने शुरु गरेको बताए । बालिकको शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : १४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले