शिक्षिकाको रौद्र रुप, पाँच विद्यार्थीको हात भाँचियो, थप नौ घाइते « Khabarhub

शिक्षिकाको रौद्र रुप, पाँच विद्यार्थीको हात भाँचियो, थप नौ घाइते


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाले निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएको समाचार आजको राजधानी दैनिकले मुख्य समाचारका रुपमा छापेको छ । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ ।

विद्यालयमा ढिला गरी आएको भन्दै ती विद्यार्थीमाथि शिक्षिकाले कुटपिट गरेको समाचारमा जनाइएको छ । घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि कक्षा ८ मा पढ्नेसम्मका विद्यार्थी छन् । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हात भाचिएको हुनाले आइतबार दाङको तलसीपुरस्थिति सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ ।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारीले जनाएकी छिन् । केही समयअघि उनै शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुरको कानको जाली फुटेर सुन्न छाडेको विद्यार्थीले बताएका छन् । वडाध्यक्ष भीमबहादुर घर्तीको रोहबरमा औषधी उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईले जानकारी दिए ।

यसैगरी राजधानी दैनिकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समाचार पनि पहिलो पृष्ठमा ‘पार्टीविरुद्ध जानेलाई धमाधम कारबाही’ शीर्षकमा रक्षात्मक बन्दै विप्लव आसयको समाचार छापेको छ ।

त्यसैगरी पत्रिकाले अत्यावश्यक कानून निर्माणमा ढिलाई हुँदा स्थानीय र प्रदेश तहमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको समाचारलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ । संघीय सरकारले कर्मचारीका लागि अत्यावश्यक कानून समयमै निर्माण गर्न नसक्दा तीन तहको कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ ।

त्यस्तै पत्रिकाले मुगुमा यार्सागुम्बा खोज्न गएका स्थानीयको फोटो क्याप्सन छापेको छ । फोटो क्याप्सनमा लेखिएको छ– मुगको कार्मरो गाउँपालिकाले यार्सागुम्बा खोज्न प्रवेश खुला गरेपछि पाटनको सिरानीचौरबाट यार्सागुम्बा संकलनका क्रममा चाहिने आवश्यक वस्तो बोकेर पाटनतर्फ जाँदै संकलक ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ६ : ०१ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को