शिक्षिकाको रौद्र रुप, पाँच विद्यार्थीको हात भाँचियो, थप नौ घाइते | Khabarhub Khabarhub

शिक्षिकाको रौद्र रुप, पाँच विद्यार्थीको हात भाँचियो, थप नौ घाइते


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाले निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएको समाचार आजको राजधानी दैनिकले मुख्य समाचारका रुपमा छापेको छ । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ ।

विद्यालयमा ढिला गरी आएको भन्दै ती विद्यार्थीमाथि शिक्षिकाले कुटपिट गरेको समाचारमा जनाइएको छ । घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि कक्षा ८ मा पढ्नेसम्मका विद्यार्थी छन् । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हात भाचिएको हुनाले आइतबार दाङको तलसीपुरस्थिति सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ ।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारीले जनाएकी छिन् । केही समयअघि उनै शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुरको कानको जाली फुटेर सुन्न छाडेको विद्यार्थीले बताएका छन् । वडाध्यक्ष भीमबहादुर घर्तीको रोहबरमा औषधी उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईले जानकारी दिए ।

यसैगरी राजधानी दैनिकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समाचार पनि पहिलो पृष्ठमा ‘पार्टीविरुद्ध जानेलाई धमाधम कारबाही’ शीर्षकमा रक्षात्मक बन्दै विप्लव आसयको समाचार छापेको छ ।

त्यसैगरी पत्रिकाले अत्यावश्यक कानून निर्माणमा ढिलाई हुँदा स्थानीय र प्रदेश तहमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको समाचारलाई पनि प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ । संघीय सरकारले कर्मचारीका लागि अत्यावश्यक कानून समयमै निर्माण गर्न नसक्दा तीन तहको कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ ।

त्यस्तै पत्रिकाले मुगुमा यार्सागुम्बा खोज्न गएका स्थानीयको फोटो क्याप्सन छापेको छ । फोटो क्याप्सनमा लेखिएको छ– मुगको कार्मरो गाउँपालिकाले यार्सागुम्बा खोज्न प्रवेश खुला गरेपछि पाटनको सिरानीचौरबाट यार्सागुम्बा संकलनका क्रममा चाहिने आवश्यक वस्तो बोकेर पाटनतर्फ जाँदै संकलक ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ६ : ०१ बजे

तिहारमा २६ वटा सवारी दुर्घटना : चार जनाको मृत्यु

नवलपुर– तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार

५.१९ अंकले बढ्यो नेप्से

काठमाडौं– तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल

विश्वकप लिग-२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य

शीतल निवासमा दुई मन्त्रीको शपथ (लाइभ)

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतल निवासमा नवनियुक्त दुईजना मन्त्रीको शपथ ग्रहण

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

ओखलढुङ्गा– यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले