अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत् « Khabarhub

अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत्


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसीले टी–२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ । १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेको हो ।

भारत टी–२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी–२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।

वरीयताको दोस्रो स्थानमा इंग्ल्यान्ड छ । तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौंमा दक्षिण अफ्रिका, छैटौंमा अस्ट्रेलिया, सातौंमा वेस्ट इन्डिज, आठौंमा अफगानिस्तान, नवौंमा श्रीलंका र १०औंमा बंगलादेश छ ।

वरीयतामा एसोसिएटतर्फ भने सयुक्त अरब इमिरेट्स (यूएई) शीर्ष स्थानमा छ । यूएई वरीयताको १२औं स्थानमा छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ३ : ४५ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट