११२ नम्बरको जंगे पिलरले छेक्दैन आत्मीयता, के नेपाली के भारतीय ? | Khabarhub Khabarhub

११२ नम्बरको जंगे पिलरले छेक्दैन आत्मीयता, के नेपाली के भारतीय ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– बस्तीको बीचमा फराकिलो बाटो । नजिकै नेपाल – भारत सीमा छुट्ट्याउने ११२ नम्बरको जंगे पिलर । बाटो पश्चिमतिर भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती । नेपालतिर अलिक व्यवस्थित बस्ती छन् भने भारततिफ फुसले बारेका झुप्रा । आजको अन्नपूर्णमा समाचार छ ।

दुई बस्तीका मानिसको भौगोलिक सिमाना नागरिकता फरक । तर, दुई क्षेत्रका बासिन्दाबीच मनपेट एउटै । झापाको कचनकवल गाउँपालिका–५ स्थिति पाठामारी वारि पारिका बासिन्दाको आत्मीयतालई भौगोलिक सिमानाले छेकेको छैन । साह्रो गाह्रो र मर्दापर्दा एकअर्कालाई साथ दिन उनीहरु अघि सर्छन् ।

पारिपट्टि एक महिलाले मुठीभरी जिरा पैचो लिएर गइन् । ‘मेरो भारतीय छिमेकी दिदी हो, स्थानीय साबिरा आलमले भनिन्, ‘यहाँ यस्तै सरसापटी र ऐंचोपैंचो चल्छ ।’ उनका अनुसार दुई छिमेकीबची भारतीय र नेपाली भन्ने छैन । परेका सबैले सरसहयोग गर्छन् ।

भारततिर आधारभूत सुविधा शून्य छ । नेपालतिर आधारभूत सुविधा राम्रो पाएका नेपालीको बसोबास छ । ‘ मेरा चार पुस्ताले यही ठाउँमा जीवन बिताए’, श्री आधारभूत विद्यालयका शिक्षक मोहम्मद केसमुदिन हक भन्छन् ।

भारततर्फ बिजुली छैन । अहिलेसम्म मट्टीतेलबाट नै बत्ती बाल्छन् । शौचालय छैन । मेची खोलामा शौच गर्छन् । ‘मठमन्दिर एउटा पनि बनाएका छैनन् । उनीहरु सबै नेपालतिरैका मठमन्दिरमा पूजाआज गर्न आउँछन्,’ हकले भने ।

नेपालतिर राजवंशी, गनगाइ, मुसलमान, मुसहर, साह, दलित र केही पहाडे समुदायका गरेर करिब चार सय घर छन्  भने भारतरित साह, यादव, पश्चिमा र मुसलमान गरेर दुई सय घर छन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ५ : ३० बजे

तिहारमा २६ वटा सवारी दुर्घटना : चार जनाको मृत्यु

नवलपुर– तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका विभिन्न दुर्घटनामा परी चार

५.१९ अंकले बढ्यो नेप्से

काठमाडौं– तिहार बिदापछि लामो समयमा सेयर कारोबार हुँदा आइतबार नेपाल

विश्वकप लिग-२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य

शीतल निवासमा दुई मन्त्रीको शपथ (लाइभ)

काठमाडौं– राष्ट्रपतिको कार्यालय शीतल निवासमा नवनियुक्त दुईजना मन्त्रीको शपथ ग्रहण

पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

ओखलढुङ्गा– यहाँ सेप्ली झरना जाने झोलुङ्गे पुलमा माथिबाट खसेको ढुङ्गाले