डेनमार्कमा कांग्रेसको प्रशिक्षण– पत्नी र दुई छोरा सहित २५ जनाको टोली लिएर जाँदै निधि | Khabarhub Khabarhub

डेनमार्कमा कांग्रेसको प्रशिक्षण– पत्नी र दुई छोरा सहित २५ जनाको टोली लिएर जाँदै निधि


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजको नयाँ पत्रिका दैनिकले डेनमार्कमा कांग्रेसको कार्यक्रममा परिवारसहित २५ जनाको टोली शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार डेनमार्कमा हुन लागेको प्रशिक्षण कार्यक्रममा कांग्रेसका प्रभावशाली नेताले छोराछोरी र परिवारका सदस्य नै लान लागेका हुन् । समाचारमा भनिएको छ– कांग्रेसको विदेशस्थित नेपाली जनसम्पर्क समितिले डेनमार्कको कोपनहेगनमा गर्न लागेको प्रशिक्षण कार्यक्रममा केन्द्रीय नेतासहित २५ जना सहभागी हुने भएका छन्।

आगामी २१ देखि २३ जुन (६–८ असार)सम्म हुने ३२ वटै देशमा रहेका समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई दिइन लागेको प्रशिक्षण कार्यक्रममा नेपालबाट नेता र तिनका आफन्तको लर्को लाग्ने भएको हो।

कांग्रेसले एउटै कार्यक्रममा धेरै नेतालाई आसनग्रहण गराउँदा र वक्ता बनाउँदा कार्यक्रमको उद्देश्य नै प्रभावित हुने भन्दै छरितो कार्यक्रम गर्ने घोषणा गरेको थियो।

तर, विदेशमा हुन लागेको कार्यक्रममा कांग्रेस नेताहरू परिवारसहित जान लागेपछि यसले खर्च बढाउने र विदेशमा कार्यक्रमको व्यवस्थापन गर्न गाह्रो हुने भन्दै पार्टीभित्रैबाट विरोध सुरु भएको छ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवं उपसभापति विमलेन्द्र निधिले आफूसहितका पदाधिकारी, केन्द्रीय नेता, प्रतिष्ठानका सदस्यसहितका नेता डेनमार्क जान लागेको जानकारी दिए।

‘३२ वटा देशमा रहेका कांग्रेसका जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहित आउन चाहने सदस्यलाई प्रशिक्षण दिन बोलाएका छौँ,’ निधिले भने, ‘प्रशिक्षणमा केही समयअघि पारित कांग्रेसको विधानको व्यवस्था, महसमितिका राजनीतिक, आर्थिकसहितका प्रस्तावका विषयमा छलफल हुनुका साथै विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन गराउन दबाब दिने कार्यक्रम छ।’

प्रशिक्षणका लागि जान लागेका नेताहरूको भिसा आवेदन दिइसकिएको छ।

प्रशिक्षण केका लागि ?

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले पनि विश्वभर रहेका कांग्रेसका कार्यकर्ताबीच आइडिया सेयर गर्ने र नेपालको विकासका लागि सुझाब लिन कार्यक्रम गर्न लागिएको जानकारी दिए।

‘३२ वटै देशको जनसम्पर्क समितिको कोअर्डिनेसन डेनमार्कको समितिले गर्नेछ,’ उनले भने, ‘त्यहाँ तीनदिने प्रशिक्षणमा डेमोक्रेटिक कल्चरबारे आइडिया सेयर गर्ने, नेपालमा भएको परिवर्तनलाई विदेशमा भएका नेपालीले कसरी लिएका छन् र नेपालको शान्ति, समृद्धिमा उनीहरूले कसरी योगदान गर्न सक्छन् भन्ने पनि बुझ्नेछौँ।’ पूरै कार्यक्रमको संयोजन डेनमार्कस्थित जनसम्पर्क समितिमा सभापति वीरेन्द्रसिंह कार्कीले गरेका छन्। पहिलो दिन कार्यक्रमको उद्घाटन, दोस्रो र तेस्रो दिन प्रशिक्षणको कार्यक्रम छ।

श्रीमती र दुई छोरासहित जाँदै उपसभापति निधि

डेनमार्क जाने नेताहरूको नाम अपारदर्शी ढंगले छनोट गरिएको एक केन्द्रीय सदस्यले बताए। ‘एउटै कार्यक्रममा यसरी यति धेरै नेता जाने कार्यक्रम भएपछि पार्टीमा छलफल भएको छैन,’ ती नेताले भने, ‘कसलाई लाने र नलाने भन्ने नेताहरूले स्वविवेकमा तय गरेका छन्। यति धेरै संख्यामा किन जान लागियो आश्चर्य लागेको छ।’

उपसभापति निधि त परिवारसहित नै जाँदै छन्। उनको साथमा पत्नी र दुई छोरा पनि हुने बताइएको छ। ‘पार्टीले राष्ट्रिय जागरण अभियानदेखि कार्यक्रमलाई छरितो बनाउने घोषणा ग-यो,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘यति धेरै जन्ती डेनमार्क होइन, डिल्लीबजारमा हुने कार्यक्रममा पनि जान हुँदैन।’ जति नेता गए पनि भाषणै गर्ने भन्दै उनले उपसभापति र महामन्त्री मात्रै गए पुग्ने बताए।

सकारात्मक प्रभावका लागि गर्न लागिएको कार्यक्रममा जाँदा सम्पर्क समितिलाई अनावश्यक आर्थिक भार पर्ने र नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ६ : ५८ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी