आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल सेमिफाइनलमा प्रवेश « Khabarhub

आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल सेमिफाइनलमा प्रवेश


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओमान– नेपाल आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ ।

सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।

ओमानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ बलमा तीन चौकासहित रन बनाएर अविजित रहे । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३१ बलमा तीन चौकासहित अविजित २७ रन जोडे ।

क्यानडाका सलमान नजर र कलिम सानाले समान एक विकेट लिए ।

टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पा¥यो । क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोडेका थिए । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । त्यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे ।

क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चिए ।

त्यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले समान दुई विकेट कुशल मल्लले समान एक विकेट लिए । ग्लोबल छनोटको समूह ‘ए’ बाट आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

छनोटको पहिलो खेलमा नेपालले शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३८ रनले पराजित गरेको थियो ।

समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई( को सामना गर्नेछ ।

सेमिफाइनलमा यूएईलाई पराजित गरे नेपाल दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुनेछ ।

यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : ५४ बजे

‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’मा वियज, केकी र अञ्जु पन्त उत्कृष्ट

काठमाडौं – ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणमा नायक

झापामा एमाले कार्यकर्ताद्वारा पत्रकार आचार्यमाथि आक्रमण

काठमाडौं – पत्रकार अर्जुन आचार्यमाथि झापामा आक्रमण भएको छ ।

पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस् : सभापति थापा

बाँके – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद यथावत् राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद

युनेस्कोबाट जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई अवार्ड अफ मेरिट

ललितपुर– ललितपुरस्थित जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनाले सन् २०२५ का