भक्तपुर खेल मैदानबाट नेपालको राष्ट्रिय झन्डा चोरी « Khabarhub

भक्तपुर खेल मैदानबाट नेपालको राष्ट्रिय झन्डा चोरी


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झन्डा चोरी भएका छन् ।

सोमबार साँझसम्म रहेका झन्डै दुई दर्जन ठूल्ठूला राष्ट्रिय झन्डा मंगलबार बिहान हराएका हुन् । प्रतियोगिता स्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न आयोजक भक्तपुर युवा टिम भक्तपुरले मैदानमा २० वटा झन्डा राखेका थिए । अहिले मञ्चमा दुईवटा झन्डा मात्रै बाँकी छन् ।

मैदानको चारैतिरको बारमा डोरीले बाँधेर राखेका १८ वटा झन्डा चोरी भएका हुन् । झन्डाका साथै विभिन्न खेलकुद प्रतियोगिताका लागि राखिएका अन्य विभिन्न सामान पनि चोरी भएको आयोजकले जनाएको छ ।

आयोजक भक्तपुर युवा टिमका सदस्य सुरेश कवांले प्रतियोगिता स्थललाई सभ्य र भव्य देखाउनुका साथै राष्ट्रिय भावना अभिप्रेरित गर्न राखिएका नेपालको राष्ट्रिय झन्डा चोरी हुनु दुःखद भएको बताए । झन्डा चोरमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ ।

भक्तपुर नगरपालिका–७ स्थित महेश्वरी खेल मैदानमा ६ फागुनदेखि भक्तपुर कप फुटबल प्रतियोगिता भइरहेको छ । प्रतियोगिताअन्तर्गत मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु हुँंदै छन् । प्रतियोगिताको फाइनल १४ फागुनमा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १ : १५ बजे

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक

नेपाल भानुआटुसँग पराजित

काठमाडौं- आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ