जलवायु परिवर्तनः चीनको भारी वर्षामा कोभिड लकडाउन कारक | Khabarhub Khabarhub

जलवायु परिवर्तनः चीनको भारी वर्षामा कोभिड लकडाउन कारक


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– सन् २०२० मा चीनमा भएको भारी वर्षामा कोभिडका कारण उत्सर्जनमा तीव्र गिरावट जोडिएको वैज्ञानिकहरूले बताएका छन् । हरितगृह ग्यासहरू र एरोसोल भनिने साना कणहरूमा गिरावटले वायुमण्डलीय परिवर्तनहरू निम्त्याउदा तीव्र वर्षा भएको वैज्ञानिकहरुको बुझाइ छ ।

ग्रीष्म याममा भएको भारी वर्षमा सयौं मानिसको मृत्यु हुनुका साथै विस्थापित लाखौंलाई अन्यत्र स्थानानन्तरण गरिएको थियो ।

तर, उत्सर्जनमा दीर्घकालीन कटौतीले यस्ता घटनाहरू उक्साहट गर्ने सम्भावना छैन् । सन् २०२० को जुन र जुलाईमा गएको भीषण वर्षाले पूर्वी चीनको अधिकांश क्षेत्रमा ठूला बाढीपहिरो गएका थिए ।

ग्रीष्म समयमा भएको कूल वर्षामध्ये एक तिहाई वर्षामा उत्सर्जनमा भएको कटौती जिम्मेवार भएको अनुसन्धानकर्ताहरु बताउँछन् । याङजी नदीमा सन् १९६१ पछिकै ठूलो वर्षा भएको थियो । अघिल्लो ४१ वर्षको अवधिको औसतको तुलनामा जुन र जुलाईमा ७९प्रतिशत वृद्धि भएको छ ।

धेरै वैज्ञानिक अध्ययनले बाढी हुनुका कारण अवलोकन गरिरहेका छन् । केही अध्ययनले हिन्द महासागरको चरम अवस्थाहरूलाई औंल्याएका छन् ।

कोभिड–१९ महामारीको समयमा भएका बन्दका कारण ग्रीनहाउस ग्यास र एरोसोलको उत्सर्जनमा अचानक कमी आएको र वर्षाको त्यो मुख्य कारण भएको वैज्ञानिकहरुको तर्क छ ।

पछिल्लो चार दशकमा वायुमन्डलमा एरोसोलको संख्यामा भएको बृद्धिले पूर्वी तथा मध्ये चीनमा गर्मी मौसममा हुने वर्षाको ठूलो मात्रा घटेको उनीहरुको अध्ययनमा उल्लेख छ ।

प्रायः कोइलाको जलनसँग सम्बन्धित यी कणहरू ठूला–ठूला आँधीका घटनालाई न्यून गर्न सक्छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ४ : २९ बजे

चारसय ‘पोस्ट ग्राजुएट’ विद्यार्थी कोटा थप्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं-  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले प्रतिष्ठान अन्तर्गतका सरकारी मेडिकल

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

लेबनानको बेरुतमा इजरायली आक्रमण जारी

काठमाडौं– इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिण क्षेत्रका कयौँ भागमा हवाई

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि