कम्युनिष्टको स्कुलिङ नै अमेरिका विरोधी : महामन्त्री शर्मा | Khabarhub Khabarhub

कम्युनिष्टको स्कुलिङ नै अमेरिका विरोधी : महामन्त्री शर्मा


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्टको स्कुलिङ नै अमेरिका विरोधी भएको र चीन कम्युनिष्ट मुलुक भनेर कांग्रेसलाई वैरभाव नभएको बताएका छन् ।

उनले अमेरिका र चीन दुवै देशले दिएको सहयोग नेपाललाई स्वीकार्य हुने बताए । नेपाल गरिब मुलुक भएका कारण दुवै देशले ऋण, अनुदान जेजे दिन्छन् लिने तर अमेरिका र चीनको सैन्य रणनीतिमा कहिल्यै सामेल हुन नसक्ने उनले बताए ।

आज झापाको मेचीनगर नगरपालिका–१० मा एमसीसीबारे बुझाउन आयोजित क्षेत्रीय कार्यकर्ता भेलामा शर्माले स्कूल कलेज पढ्दादेखि अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्ने कम्युनिष्टहरु नै अहिले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा रहेको आरोप लगाए ।

“चीन कम्युनिष्ट मुलुक भएका कारण उसले बिआरआइमार्फत दिएको ऋण स्वीकार्य हुने नेपालका कम्युनिष्टहरुलाई तर अमेरिकाले दिएको अनुदान स्वीकार्य भएन”, उनले भने, “किनभने अमेरिका प्रजातान्त्रिक मुलुक हो अनि कम्युनिष्टहरुले विरोध गर्दछन् ।” नेपाली कांग्रेसलाई अमेरिका प्रजातान्त्रिक मुलुक हो भनेर आदरभाव र चीन कम्युनिष्ट मुलुक हो भनेर कुनै वैरभाव नभएकोसमेत कार्यकर्तालाई बताए ।

शर्माले नेपाली कांग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताए । उनले आफ्नै कार्यकर्ताले एमसीसीको बारेमा नबोल्न र बोले चुनाव जित्न नसक्ने भन्दै सुझाव दिने गरेको सुनाए । एमसीसीको बुँदा बुँदा केलाउँदै उहाँले सडक र ट्रान्समिसन लाइन बनाउने कुरामा विवाद गर्न नहुने बताए ।

नेपालको राजनीतिमा उग्रराष्ट्रवाद बेचिने गरेको बताउँदै नेता शर्मा कार्यकर्तालाई सचेत रहन आग्रह गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ९ : २३ बजे

हायु परिवारको रित्तो घरमा रोइरहेछ कुकुर, भैंसीबाख्रा पनि अलपत्र

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका

सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब, भान्साको छाप्रोमा लागेको थियो आगो

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६

सामान्य रमाइलो गर्दा गयो जिरीका नुर्बु शेर्पाको ज्यान 

दोलखा– भनिन्छ दशा बाजा बजाएर आउँदैन आखिर त्यस्तै भएको छ

जनशक्ति अभावले एक्स-रे मेसिन प्रयोगविहीन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा जनशक्ति अभावका कारण

हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी