समृद्धिका लागि पाँचपोखरीलाई पर्यटन हब बनाएका छौँ | Khabarhub Khabarhub

समृद्धिका लागि पाँचपोखरीलाई पर्यटन हब बनाएका छौँ


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रुपमा पाँचपोखरी थाङ्पाल गाउँपालिका परिचित छ । पाँचपोखरी नै चर्चित र रमणीय पर्यटकीय क्षेत्र भएकाले यो विशेष छ । यसैका नामबाट पनि गाउँपालिकाको नाम राखिएको छ । तर जति धेरै सम्भावना छ । त्यति धेरै विकास र भौतिक संरचना निर्माणको काम भने हुन सकेको छैन । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सुरुवातदेखि आफ्नो कार्यकालमा भएका कामबारे खबरहबले गरेको कुराकानीको सम्पादित अंशः

पहिलो कार्यकाल, पहिलो संस्थापकका रुपमा गाउपालिका चलाउन कत्तिको चुनौति रह्यो ?

सिन्धुपाल्चोकको १२ वटा स्थानीय तह मध्येको पाँचपोखरी थाङ्पाल गाँउपालिका उच्च हिमाली दुर दराजमा पर्ने गाँउपालिका हो । यो गाउँपालिकामा २०७२ सालको विनाशकारी भूकम्पले धेरै भौतिक संरचनामा क्षति गरेको थियो । अवस्था बाट हामिले जुन खालको जिम्मेवारी वहन गर्नुपर्यो हाम्रो लागी पहिलो चुनौति रह्यो । दोस्रो चुनौति स्थानिय तहमा जनशक्तिको असाध्यै अभाव थियो । तेस्रो चुनौति सबै ऐन कानुनहरुको अभाव थियो । यसैबीच हामीले विश्वभर फैलिएको महामारी कोभिड र अकल्पनीय रुपमा आएको बाढीको समेत सामाना गर्नुपरेको यस्तो चुनौतिपूर्ण अवस्थामा हामीले स्थानीय तहको अनुभति गर्न पायौँ ।

यी चुनौतिपूर्ण अवस्थाको बावजुत पनि स्थानिय स्रोत र साधनलाई मध्यनजर गर्दै जनताहरु सामु हामीले कबुल गरेका केही महत्वपूर्ण कामहरु अगाडि बढायौ । भूकम्पपछिको पुनःनिर्माण, आवास, स्वास्थ्य, शिक्षा, सेवा प्रदायक संस्थाहरुको भवन निर्माण त्यसैगरी सबै वडाहरुमा केन्द्रिय विद्युत प्रशारण लाइन पुर्याउन सफल भए यसरी हेर्दा सम्पूर्ण विकास निर्माणका कार्यहरु ९० प्रतिशत भन्दा माथि सम्पन्न गरिसकेका हँुदा आजको समय सम्म आइपुग्दा हामी सन्तुष्ट छौँ ।

विकासको पुर्वधारको मुख्य आधार मानिने सडक सञ्जालहरु कतिको विस्तार गर्नुभयो ?

सडक विकासको पुर्वधारको महत्वपूर्ण आधार हो । तर मुख्य आधार हो भन्ने विषयमा मेरो फरक धारणा छ । सडकलाई मात्र महत्वपूर्ण नठानी शिक्षा, स्वाथ्य, खानेपानी, कृषि, पर्यटक, युवा लक्षित कार्यक्रमलाई उच्च प्राथमिकता साथ राखी अगाडी बढेका छाँै । जसको अहिले एक एक गरी नतिजा देखिन थालेका छन् । सडक सञ्जाललाई विस्तार गर्ने क्रममा आमा याङ्री पर्यटन मार्ग र पाँचपोखरी पर्यटन मार्ग गरी दुई मुख्य सडकको नामकरण गरि विकास गरेका छौ ।

यी दुवै कच्ची सडकलाई स्तरोन्नति गर्ने अभियानको क्रममा पाँचपोखरी पर्यटन मार्गको १० किलोमीटर पक्की सडक निर्माण हुँदैछ । जसको लगभग ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । यसैगरी मुख्य सडक सहायक सडकहरुको स्तरोन्नति गरेका छौँ । सम्पूर्ण ८ वडाहरु जोडिने गरी पाँचपोखरी चक्रपथको विकास गरी हिउँदमा र वर्षा दुवै समयमा चल्ने गरी तीव्र रुपमा स्तरोन्नति गर्ने कार्य भईरहेको छ । र, स्थानिय तहको सीमित स्रोत र साधनका कारण सम्र्पूण सडकहरु स्थानीय तहबाट सम्पन्न गर्न नसकिने हँुदा संघ र प्रदेशलाई पनि पहल कदमी ध्यानाकर्षण गराउने काम गरेका छौँ ।

तपाईले सडकभन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि लगायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेका छौँ, भन्नुभयो । शिक्षाको क्षेत्रमा देखिनेगरी त्यस्तो के काम गर्नुभयो र ?

गुणस्तरीय शिक्षालाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो पहिलो अभियान हो । २०७२ सालको भूकम्पले सम्पूर्ण विद्यालयको भौतिक संरचना पूर्णरुपमा ध्वस्त बनाएको विद्यालयलाई नयाँ जीवन दिने जस्तो महत्वपूर्ण चुनौतिको सामान गर्दै सम्पुर्ण विद्यालयको भुकम्प प्रतिरोधात्मक भवन ९० प्रतिशत भन्दा माथि निर्माण कार्य सम्पन्न गरेका छौँ । त्यसैगरी विद्यालयहरुको संख्या धेरै र जनशक्ति, स्रोत र साधनको अभाव हुदा व्यवस्थापन गर्न कठिन भएको अवस्थमा विद्यालयहरु मर्ज गर्ने अभियानमा लाग्यौँ । मर्ज गर्ने क्रममा दुई मावि र दुई निमावि गरि चार वटा विद्यालय मर्ज गरी थाङ्पाल भ्याली विद्यालय नामाकरण गरी सञ्चालनमा ल्याएका छौँ ।

बागमति प्रदेशकै दुई वटा बिग स्कुलमध्ये एक यो विद्यालय पनि पर्दछ । अर्को अभियान हामीले विद्यालयमा ‘जङ्फूड’ निषेधित क्षेत्र घोषण गरी विद्यालय करेसाबारीको कार्यक्रम अगाडि बढाएका छाैँ । कक्ष १ देखि ८ सम्मको हाम्रो पाँचपोखरी पाठ्यक्रम र कक्षा १ देखि ३ सम्म मेरो पाँचपोखरी भन्ने पाठ्यपुस्तक प्रकाशन गरी अध्यापन गराइरहेका छन् । मातृभाषा शिक्षा अन्र्तगत गुम्बा शिक्षाको ऐच्छिक रुपमा विद्यार्थीहरुले अध्ययन गरिराखेका छन् । पाँचवटा विद्यालयहरुमा एक एक जना विद्यालय नर्सको व्यवस्था गरेका छाैँ । यस्तै गरी गुणस्तरिय शिक्षाका लागी भौतिक सरंचना, पठनपाठन सामाग्री, जनशक्ति जस्ता हरेक क्षेत्रमा उच्च प्राथमिकताका साथ अभियान सञ्चालन गरिराखेका छौँ ।

स्थानीय स्तरमा युवाहरुलाई रोजगारीको लागी रोजगारी सिर्जना गर्नका लागी के–कस्ता कार्यक्रमहरु गर्नुभयो ?

आर्थिक समृद्धिका लागी यस गाँउपालिकालाई पर्यटनको हब बनाई पर्यटन व्यवसायलाई जनताको जिवनस्तरसगँ जोडेर काम अगाडि बढाएका छौँ । पर्यटनलाई मुख्य केन्द्रमा राखेर सरकारले १०० आँै घुम्न लायक गन्तव्यमध्ये पाँचपोखरीलाई १६ औँ स्थानमा पार्न सफल भएका छौँ । त्यसैगरी युवाहरुलाई उद्यमी व्यवसायिक बनाउन व्यक्तिगत, सामुहिक, संस्थागत रुपमा विभिन्न सीपमुलक तालिमहरु अनुदानहरु दिएका छौँ । गाँउपालिकाभित्रका उद्यमी व्यवसायीहरुको समूह र बजार व्यवस्थापनको समूह बनाएर व्यवस्थीत कार्यहरु अगाडि बढाएका छौँ । नमुना आर्गनिक फार्म, नमुना कृषि प्रणाली, व्यवसायिक पशु फार्म र साना साना उद्योगहरुको सुरुवात भएका छन् । यसकारण पर्यटन, कृषि, उद्यम क्षेत्रमा युवाहरुलाई रोजगारीको सिर्जना गरेका छौँ ।

पर्यटनलाई आर्थिक समृद्धिको मुल आधार मानिरहेको देखिन्छ, यो गाँउपालिकाको पर्यटकीय आकर्षणको केन्द्रहरु के–के छन् ?

संसारको सबैभन्दा अग्लो स्थानमा पर्ने तालहरुमध्ये ९ औँ स्थानमा पर्ने समुन्द्री सतहबाट ४१०० मीटर उचाईमा रहेको सुन्दर पर्यटकीय तथा धार्मिकस्थल पाँचपोखरी यस गाँउपालिकामा पर्दछ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल आमा याङ्री, डाइग्रन गुफा, दुधपोखरी, पेमाछल उद्यान केन्द्र, रैथानेश्वरी, च्योज्यो डाँडा, हबेली नौलिङ्गेश्वरी जस्ता सुन्दर स्थलहरु त्यसैगरी जुगल हिमश्रृङ्खला, दोर्जे ल्याक्पा हिमाल, युवा पिक, पाँचपोखरी पिक, तिलमानपास जस्ता अनगिन्ती सुन्दर ठाँउहरु छन् । साहसिक तथा मनोरञ्जन दिने खेलका लागी रक क्लाम्बिङ, प्याराग्लाइडिङको सफल परिक्षण भैसकेको छ । मेलम्ची खानेपानी पछिको दोस्रो योजना याङ्री लार्के खानेपानी योजना यसै गाँउपालिकाभित्र पर्दछ । विभिन्न जात जाति, धर्म, संस्कृतिले भरिपूर्ण, प्राकृतिक स्रोत र सुन्दरताले भरिएको हुनाले यस गाँउपालिका पर्यटनको लागी अथाह सम्भावना बोकेको गाँउपालिका हो ।

सिन्धुपाल्चोकमा सबैभन्दा धेरै विपत्तिका घटना पनि हुन्छन् । भूकम्प, बाढी तथा पहिरोमा परेर ठूलो जनधनको क्षति भएको छ । यस्ता विपद्का घटनाबाट बच्नका लागी पूर्वतयारीका कामहरु के के भएका छन् ?

गत बर्ष असार १ गते अकल्पनीयरुपमा आएको बाढीले निर्माण गरिएका धेरै भौतिक संरचनाहरु तहसनहस बनायो । सडक, पुल, विद्यालय, निजि अवास, कुलो जस्ता संरचनाहरु बगाएर जनताको जीवनस्तरलाई अस्तव्यस्त बनाइदियो । यस्तो अवस्थामा नआत्तीकन हामीले तत्कालिन योजना, मध्यकालिन योजना र दीर्घकालीन योजना गरी तीन खालको रणनीति बनाएर अगाडि बढ्यौ । तत्कालीन अवस्थामा उद्धारका काम, राहत दिने, अस्थायी बसोबास र झोलुङ्गे पुलहरुको मर्मत गरी जनताको जिवनस्तर सहज बनाउने हाम्रो पहिलो रणनीतिक योजना अनुसारको कार्य सम्पन्न गर्यौ ।

दोस्रो फेजमा हामीले जनताहरुलाई सुरक्षित रुपमा स्थायी बसोबासको लागी योजना निर्माण, बस्ती संरक्षणका कामहरु, खोलालाई डाईभर्सन गरेर संरचना जोगाउने कार्यहरु अगाडि बढाईरहेका छाैँ । र, दीर्घकालीन योजनामा हामीले जनताको निजि आवास, सरकारी संरचना, बस्ती जोगाउने कार्य, पुल निर्माण, भत्किएका सडकहरुको निर्माण कार्यको लागी स्थानिय स्रोतसाधन र पहँुच भन्दा बाहिर रहेकोले संघीय सरकार, प्रदेश सरकार, सरोकार संस्थाहरु, राष्ट्रिय जोखिम विपद् व्यवस्थापन प्राधिकरण, सडक विभाग जस्ता सबै निकायहरुलाई ध्यानाकर्षण गराउने काम तीव्र गतिमा अगाडि बढाएका छौँ । यस हिसाबले हेर्दा बाढी पहिरोसँग पाँचपोखरी थाङ्पाल गाँउपालिका जनप्रतिनिधि, राजनीतिककर्मी जनताहरुले सहज ढंगबाट सामना गर्दै आजको अवस्थासम्म आइपुगेका छौँ ।

प्रस्तुति – पासाङ लामा ह्योल्मो

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ७ : १३ बजे

सिनामंगलको होटलमा मृत भेटिएका जोडी हिजोमात्रै क्यानाडाबाट आएका थिए

काठमाडौं- काठमाडौंको सिनामंगलस्थित एक होटलको कोठामा झुन्डिएको अवस्थामा भेटिएका युवा-युवती

नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रयास विश्वका लागि उदाहरणीय : सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा

प्रतिनिधिसभाका सचिव अधिकारीद्वारा पाँच महिनामै राजीनामा

काठमाडौं– प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले आइतबार राजीनामा दिएका छन्

महोत्तरीको रामगोपालपुर-२ को उपनिर्वाचन : हाई प्रोफाइलका नेताको परीक्षा

महोत्तरी– सत्ता सहयात्री दलहरूले नेकपा एमालेलाई बहिष्कार गर्दै प्रमुख प्रतिपक्षी

प्रसाईंलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं– साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई