सर्वदलीय बैठक : चुनावमा भाग लिन दल तयार, शान्ति सुरक्षाकै चिन्ता « Khabarhub

सर्वदलीय बैठक : चुनावमा भाग लिन दल तयार, शान्ति सुरक्षाकै चिन्ता


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको सर्वदलीय बैठकमा सबै दलहरू निर्वाचनमा सहभागी तयार देखिए। सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेको छ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक आह्वान गरिन्। बैठकमा सहभागी दलका प्रतिनिधिले निर्वाचनमा सहभागी तयार भएको भनाइ राखेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनमा सहभागी हुन सबै दल तयार भए पनि सुरक्षा व्यवस्थाप्रति संशय व्यक्त गरेको बताएका हुन्।

छलफलमा जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको सम्बन्धमा छानबिन गरी दोषी उपर कारबाही गर्नुपर्ने माग दलहरूले राखेको मन्त्री खरेलले बताए।

‘फागुन २१ गतेको निर्वाचनका सम्बन्धमा छलफल भयो, सुशासन र भ्रष्टाचार नियन्त्रणकोबारे बारेमा छलफल भयो। जेनजी आन्दोलनको क्रममा भएको तोडफोडको बारेमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने विषयमा पनि छलफल भयो,’ उनले भने, ‘सरकारको तर्फबाट निर्वाचनको वातावरण निर्माण गर्नको लागि गर्नुपर्ने कामहरुको सन्दर्भमा दलहरू सँग सेयरिङ गरेको छ। आयोगले गर्ने निर्वाचनको सुरक्षा, स्रोत र साधनको बारेमा पनि दलहरूलाई जानकारी गराएको छ।’

राजनीतिक दलले भने सुरक्षाको वातावरण बनाउनेतर्फ चासो राखेको उनको भनाइ छ।
‘राजनीतिक दलहरूको तर्फबाट सुरक्षाको वातावरण अलि बढी मिलाउनुपर्ने कुराहरू आएको छ। सबै दलहरूले चुनावमा भाग लिने कुरा गर्नुभएको छ,’ उनले भने, ‘चुनावमा भाग लिइरहँदा सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ भन्ने चासो रहेको छ।’

फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुन दलहरू तयार भए पनि त्यसको लागि सुरक्षाको प्रबन्ध सरकारले गर्नुपर्ने धारणा दलहरू को रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १० : ०० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको