हुम्लामा हिमपात, किसान रमाए « Khabarhub

हुम्लामा हिमपात, किसान रमाए


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला–हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ । सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ ।

त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भने ‘यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।’

यसैबीच नाम्खा गाउँपालिकाका वडा १ देखि वडा नं ५ सम्मका कृषकहरुलाई निःशुल्क स्याउका विरुवा वितरण गरिने भएको छ । यसका लागि १२ हजार ५०० विरुवा जुम्लाबाट यहाँ ल्याइएको छ । हवाई मार्गबाट स्याउका विरुवा ल्याएको कृषि प्राविधिक शर्मिला शाहीले जानकारी दिए । उनले भने ‘हुम्लालाई स्याउ जोनका रुपमा विकसित गरिने उद्देश्य रहेको छ । स्याउ उत्पादन मार्फत कृषकको जीवनस्तर सुधार गरिने छ ।”

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ३ : ४५ बजे

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त