राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग « Khabarhub

राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग


१८ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राहत वितरणलाई पारदर्शी, प्रभावकारी र सर्वदलीय समावेशी संयन्त्रमार्फत तत्काल पीडितसमक्ष पुर्‍याउन माग गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद केसीले रसुवा र त्रिशूलीपारिका विस्थापित नागरिकहरू अझै आधारभूत राहतको पर्खाइमा रहेको र स्थानीय जनप्रतिनिधिहरूमा तीव्र आक्रोश रहेकाले राहत वितरणलाई पारदर्शी, प्रभावकारी र सर्वदलीय समावेशी संयन्त्रमार्फत तत्काल पीडितसमक्ष पुर्‍याउन माग गरेका हुन् । 

उनले ’एकद्वार प्रणाली’का नाममा केन्द्रीकृत सोच अपनाइएको र राहत सामग्रीहरू सदरमुकाममै थुप्रिएर पीडितहरू भोकभोकै रात बिताउन बाध्य भएको भन्दै आपत्ति जनाए । 

उनले पार्टी र सरकारलाई एउटै ठाउँमा मिसाउने शैली कम्युनिस्ट एकदलीय पद्धतिमा मात्र हुने भन्दै प्रजातान्त्रिक अभ्यासमा सरकारले आफ्ना कमजोरी स्विकारेर सबैका कुरा सुन्नुपर्ने बताए  । 

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ५ : ५५ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली