लोसपाले एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने « Khabarhub

लोसपाले एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीका बारेमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । पार्टी कार्यालय बबरमहलमा बसेको लोसपा संसदीय दलको बैठकले एमसीसीका बिषयमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

उनले अध्यक्ष ठाकुरको निर्णयलाई लोसपाले सर्वसम्मत रुपमा स्वीकार गर्ने बताए । त्यस्तै बैठकले १२ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको कर्णले जानकारी दिए ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । संसदमा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । तर, उसले अहिलेसम्म यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ४ : ३० बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच