एमसीसी एकमत भएर पास गर्नुपर्छः काँग्रेस नेता विश्वकर्मा « Khabarhub

एमसीसी एकमत भएर पास गर्नुपर्छः काँग्रेस नेता विश्वकर्मा


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले एकमत भएर एमसीसी पास गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा बुधबार भएको साक्षात्कारमा नेता विश्वकर्माले एमसीसीलाई लिएर राष्ट्रिय राजनीति नै गिजोल्न नहुने भन्दै एकमत भएर पारित गर्नुपर्ने बताएका हुन् ।

साक्षात्कारमा एमाले नेता कर्णबहादुर थापाले एमसीसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणी गरे ।

एमसीसीलाई लिएर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको भूमिकालाई लिएर पनि उनले आपत्ति जनाए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता सांसद झक्कु सुवेदीले अहिलेको सरकार विषम परिस्थितिमा बनेको भन्दै माओवादीले त्यत्तिकै सरकार नछोड्ने बताए । एमसीसीलाई लिएर आफूहरू र काँग्रेसको एजेण्डा नमिलेको पनि उनले बताए ।

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशब झाले आफ्नो पार्टी एमसीसीको पक्षमा सुरुदेखि नै रहेकोले पक्षमा नै मत हाल्ने स्पष्ट पारे ।
झाले एमसीसी राष्ट्रको हितमा रहेको भन्दै पूर्वाधार क्षेत्रमा विकास हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ६ : ३८ बजे

अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विद्युतीय कारोबारसम्बन्धी विभिन्न

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सञ्चालन, बीपी राजमार्गमा सवारी निषेध

काठमाडौँ– केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिरोका कारण अवरुद्ध

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मैसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य थप

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा

अनधिकृत लिङ्क नखोल्न प्रहरीको आग्रह

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न