जब छोरालाई सारीमा झुन्ड्याएर नवौँ तला तल पुर्‍याइयो.. « Khabarhub

जब छोरालाई सारीमा झुन्ड्याएर नवौँ तला तल पुर्‍याइयो..


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्लीको फरीदाबादको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । जसमा एक आमाले आफ्नो छोराको ज्यान जोखिममा पार्दै सारीको सहाराले नवौँ तलाबाट झुन्डाएर ८औँ तलामा खसेको कपडा उठाउन अह्राएकी छन् ।

भिडियोमा देखिए अनुसार तल्लो तलामा खसेको कपडा उठाउन आमाले छोरालाई नवौँ तलाबाट सारीमा समाउँदै जान अह्राउँछिन् । छोरा खसेको कपडा उठाएर सकुशल नै फर्किन्छन् । तर सामान्य गल्तीले पनि त्यहाँ ठुलो जोखिम हुन सक्थ्यो । भिडियो सर्वत्र भाइरल भएपछि बालबालिकामा गलत सन्देश जाने भन्दै इन्टरनेटबाट हटाइएको छ ।

नवौँ तलामा बस्ने मुनेश शर्मा नामक महिलाले सुकाएको कपडा आठौँ तलामा खस्यो । आठौँ तलामा ताला लागेको कारण त्यसलाई निकाल्न मुनेशले आफ्नो छोराको ज्यान जोखिममा पार्दै कपडा निकाल्न लगाइन् । पछि उनलाई यसमा पछुतो भएको बताएकी छन् । यता प्रहरीले यसको जाँच गरेको छ भने अपार्टमेन्टले समेत उनलाई चेतावनी दिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : १८ बजे

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत– सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन

यूएईले अमेरिकासँग मिलेर इरानमामाथि गरेको थियो हमला !

यूएई- संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमा गोप्य सैन्य हमला

इरानले आफ्ना विमान पाकिस्तान र अफगानिस्तानका एयरपोर्टमा लुकाएको खुलासा

तेहरान- पाकिस्तानले अमेरिका-इरान द्वन्द्वको समयमा इरानी सैन्य विमानहरूलाई आफ्नो एयरबेसमा

शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई’ को प्रयोग

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले