युक्रेनी भूभागलाई स्वतन्त्र राज्य मान्ने रुसी कदम राष्ट्रसंघीय बडापत्रविपरीत : नेपाल « Khabarhub

युक्रेनी भूभागलाई स्वतन्त्र राज्य मान्ने रुसी कदम राष्ट्रसंघीय बडापत्रविपरीत : नेपाल


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले युक्रेनको दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्य मान्ने रुसको घोषणा संयुक्त राष्ट्रसंघीय बडापत्र विपरीत रहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसको नाम उल्लेख नगरी जारी गरेको विज्ञप्तिमा नेपाल सरकारले राष्ट्रसंघीय बडापत्रको सम्मान गर्न रुसलाई आग्रह गरेको छ। नेपालले युक्रेनमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै राष्ट्रसंघीय बडापत्रमा उल्लेखित सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सबै सदस्य राष्ट्रले मान्नुपर्ने जनाएको हो।

नेपालले कुनै पनि अवस्थामा हुने आक्रमणको विरोध गर्ने र कुनै पनि सङ्घर्षको शान्तिपूर्णरूपमा कूटनीति र संवादबाट हल खोज्नुपर्ने उल्लेख गर्दै रुसले युक्रेनमाथि गरेको हमलाको समेत कूटनीतिक रुपमा निन्दा गरेको छ। विज्ञप्तिमा नेपालले सबै पक्षलाई तनाव नचर्काउन पनि आग्रह गरेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ३ : ०२ बजे

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै

बालेन्द्र क्याबिनेटको निर्णयसँगै पक्राउ पर्न सक्छन् ओली र लेखक

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती र

महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

काठमाडौं– महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन