ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश १ को पहिलो जित « Khabarhub

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश १ को पहिलो जित


१२ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो जित निकालेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।

लुम्बिनीले दिएको ८० रनको लक्ष्य प्रदेश १ ले १५ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायो ।

प्रदेश १ को जितमा कप्तान रुबिना क्षेत्रीले सर्वाधिक नटआउट ४८ रन बनाईन भने काजल श्रेष्ठले २० रन जोडे ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ७९ रन बनायो । लुम्बिनीलाई सस्तैमा समेट्न सबनम राईले ३ र रुबिना क्षेत्रीले १ विकेट लिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार  ६ : २६ बजे

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी