‘मिस्टर नेपाली’ मा भुवन हिरो पनि, भिलेन पनि « Khabarhub

‘मिस्टर नेपाली’ मा भुवन हिरो पनि, भिलेन पनि


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – अभिनेता भुवन केसीले दोहोरो भूमिकामा अभिनय गर्ने गरी फिल्म ‘मिस्टर नेपाली’ को औपचारिक घोषणा गरिएको छ । साथै राजधानीको भद्रकाली मन्दिर परिसरबाट फिल्म युनिटले छायांकन समेत थालेको छ ।

देवचुली फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा बाँकी छायांकन नवलपरासीमा हुनेछ । फिल्ममा प्रेमराज दाहालको निर्माण रहेको छ भने देवनारायण भुसालको लेखन तथा निर्देशन रहनेछ ।

चलचित्रमा भुवन केसीको जोडी रीमा विश्वकर्मासँग हुनेछ भने भुवनले नायक र खलनायकको भूमिकामा अभिनय गर्नेछन् । यस्तै चलचित्रमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ । चलचित्रमा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ ।

यस्तै चलचित्रमा हिमाल केसीको द्वन्द्व, सुवास भुसाल र दीपक शर्माको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । फिल्मलाई मनोरञ्जनको प्याकेज भनिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १ : ०८ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार