नेत्रदानको कथामा ‘थर्ड आई’ « Khabarhub

नेत्रदानको कथामा ‘थर्ड आई’


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आफ्नो जीवनपछि पनि अरूलाई दृष्टि दिन सकिन्छ भन्ने सन्देशसहित सर्ट फिल्म ‘थर्ड आई’ निर्माण भएको छ ।

आशुतोष अधिकारीको निर्देशन रहेको फिल्ममा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, विनोद मिश्र, सुरज पोखरेल, विमला अधिकारी र राजीव न्यौपानेको अभिनय छ ।

निर्देशक अधिकारीले दुई आँखाको दृष्टि गुमेपछि अरु कसैसँग लिएको तेस्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई फिल्ममा देखाइएको बताए ।

चितवनमा निर्माण गरिएको यो फिल्म एक घण्टाको छ । फिल्म यही फागुनको अन्तिम साताबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मका निर्माता विनोद मिश्र र कार्यकारी निर्माता केडी प्रेषित छन् ।

फिल्ममा साहित्यकार आरती अधिकारीको कथा, रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायांकन, विमल लामाको संगीत छ । निर्देशक अधिकारीका अनुसार फिल्मलाई विभिन्न च्यारिटी शो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरेपछि मात्र व्यावसायिक पमा नेपालमा प्रदर्शन गरिने बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १ : ०३ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच