सुत्केरीका घरघरमा कोसेली « Khabarhub

सुत्केरीका घरघरमा कोसेली


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी भएको छ ।

गाउँपालिकाले गत वर्षदेखि गर्भवती तथा सुत्केरीलाई लक्षित गरेर ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले खाद्यान्न, पौष्टिक आहारसहित कोसेली लिएर सुत्केरीको घरघरमा पुग्ने गरेको छ । “पालिकामा एक सयभन्दा बढी गर्भवती हुन सक्छन् । उनीहरु सबैको घरमा पुग्दा हौसला त हुन्छ नै”, उनले भने, “घरपरिवारमा उनीहरुलाई सुत्केरीका बेलामा थप हेरचाह र सहयोग हुनुपर्ने सन्देश पनि प्रवाह गर्ने गरेका छौं ।”

कार्यक्रम गाउँपालिकाका सुत्केरीलाई भेट गर्ने अवसरका रुपमा मात्र नभएर सुत्केरीलाई पौष्टिक खानेकुरा खुवाउनुपर्ने र आवश्यक हेरचाह गर्नुपर्ने सन्देश समेत प्रवाह भएको उपाध्यक्ष गुरुङको भनाइ छ । कार्यक्रमअन्तर्गत प्रत्येक सुत्केरीलाई चार किलोग्राम चनामटर, एक किलोग्राम हर्लिक्ससहित स्वास्थ्य सामग्री र नवजात शिशुका लागि न्यानो कपडा तथा सुत्केरीका लागि साबुन, नङ काट्ने, प्याड र भित्र फेर्ने कपडा सुत्केरी भएको २० दिनभित्र उनीहरुको घरघरमा पु¥याउँदै आएको उनले बताए ।

चालु आर्थिक वर्षको अहिलेसम्म १०४ सुत्केरीको घरमा पुगेर कोसेली उपलब्ध गराइसकेको छ । पाथीभरा याङ्वरक गाउँपालिका–१ मा ३३ सुत्केरीको घरमा पुगेर कोसेली उपलब्ध गराइएको बताइएको छ । त्यस्तै वडा नं २ मा ३३, वडा नं ४ मा १५, वडा नं ५ मा सात र वडा नं ६ मा १६ सुत्केरीको घरमा कोसेली पु-याइसकिएको उपाध्यक्ष गुरुङले बताए। “कोसेलीसँगै स्वास्थ्यकर्मी लिएर आजदेखि वडा नं २ का सुत्केरीका घरमा जाने तयारीमा छु”, उनले भने।

स्वास्थ्यचौकीमा स्वास्थ्य चेकजाँच तथा सुरक्षितरुपमा प्रसूति गराउने उद्देश्यले कार्यक्रम सुरुआत गरेको उपाध्क्ष गुरुङले बताए । सुत्केरी भएकाको घरघरमा पुगेर सामग्री वितरण तथा सुरक्षित प्रसूतिबारे जनचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको पाथीभरा याङ्वरक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र लिम्बूले बताए । सुरक्षित प्रसूति र स्वास्थ्य सन्देशसहित सामग्री वितरण भएको उनको भनाइ छ ।

प्रसूति खर्चबापत नेपाल सरकारले उपलब्ध गराउँदै आएको बाहेक थप रु एक हजार गाउँपालिकाले प्रदान गरेको प्रमुख लिम्बूले बताए । गाउँपालिकाको प्रत्येक वडामा दुई–दुई महिनामा गर्भवती महिलाको स्वास्थ्य परीक्षणको लागि भिडियो एक्सरे शिविर सञ्चालन गर्दै आएको उनको भनाइ छ । स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि गाउँपालिकाभन्दा बाहिर जानुप-यो भने प्रतिसुत्केरी रु पाँच हजारको दरले उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ । गत वर्ष सोही कार्यक्रममार्फत ७८ सुत्केरीको घर पुगेर कोसेली पु-याउनुभएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : ४० बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन