लमजुङमा १२३ मतदानस्थल | Khabarhub Khabarhub

लमजुङमा १२३ मतदानस्थल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ मतदानस्थल तय गरिएको छ । चार नगरपालिका र चार गाउँपालिकामा उक्त सङ्ख्यामा मतदानस्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार चार नगरपालिकामा ६७ मतदानस्थल र चार गाउँपालिकामा ५६ मतदातस्थल तोकिएको छ । यीमध्ये नगरपालिकातर्फ मध्य नेपालमा १८, सुन्दरबजारमा १६, राइनासमा १२ र बेँसीसहरमा २१ वटा मतदानस्थल रहेको छ ।

त्यस्तै गाउँपालिकातर्फ दूधपोखरी र क्व्होलासोथरमा १०÷१०, दोर्दीमा १६ र मस्र्याङ्दीमा २० मतदानस्थल रहेकोे जनाइएको छ । कार्यालयले स्थानीय तहको चुनावका लागि तयारी अघि बढाउँदै लगेको छ । जिल्ला निर्वाचन अधिकारी मिश्रले भने, “यही फागुन २० देखि २६ गतेसम्म दाबी विरोध कार्यक्रम वडावडामा हुनेछ । २० देखि २४ गतेसम्म नाम हटाउने, सच्याउने, उजुरी दिन पाइनेछन् भने २५ र २६ गते आन्तरिक काम गरेर २६ गते निर्वाचन आयोगमा पठाइने छ ।”

अघिल्लो निर्वाचन अर्थात् विसं २०७४ वैशाख ३१ गते भएको निर्वाचनमा जिल्लामा कूल एक लाख पाँच हजार ९९२ मतदाता थिए । विसं २०७७ पुस ५मा प्रकाशित नामावालीमा एक लाख २२ हजार ८०६ जना रहेकामा सङ्ख्या बढ्दै जाने क्रममा अहिले नौ हजार ६६० मतदाता थपिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : १७ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो