अहिलेकै अवस्थामा एमसीसीलाई स्वीकार गर्न सकिँदैनः खनाल « Khabarhub

अहिलेकै अवस्थामा एमसीसीलाई स्वीकार गर्न सकिँदैनः खनाल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई अहिलेको अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा खनालले एमसीसीमा रहेका राष्ट्रघाती बिषयलाई नसच्चाएसम्म यसलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

अमेरिकी सुरक्षा नीतिविपरीतको काम गर्न नपाइने विषय सम्झौतामा उल्लेख भएको उनको भनाइ छ । खनालले समाजवादीको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुपर्ने भन्दै वैदेशिक हस्तक्षेपविरुद्ध लड्नुपर्ने धारणा राखे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसी परियोजना यथास्थितिमा पारित गरेर अघि बढ्न नसक्ने स्पष्ट पारे । एमसीसी अनुमोदन हुँदै गर्दा आफ्नो पार्टीबाट कोही सांसदले बहिष्कार गरे आफू त्यसको विरुद्धमा उत्रने उनको भनाइ छ ।

कार्यक्रममा अन्य नेताहरूले एमसीसी मुलुकको हितविपरीत रहेको भन्दै यसविरुद्ध खबरदारी गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ५० बजे

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’

‘जिब्रो छेड्ने जात्रा’ : रहस्यमय लाग्ने परम्पराको वास्तविक अर्थ के हो ?

नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा

अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन

इस्लामावाद – पाकिस्तानको राजधानी इस्लामावादमा जारी अमेरिका र इरानबीचको ऐतिहासिक

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, आगलागी सबैभन्दा बढी

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक