एमसीसी अघि बढाउने कम्युनिष्ट, अहिले बखेडा झिक्ने पनि कम्युनिष्टः आङ्देम्बे « Khabarhub

एमसीसी अघि बढाउने कम्युनिष्ट, अहिले बखेडा झिक्ने पनि कम्युनिष्टः आङ्देम्बे


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कम्युनिष्टहरूले अघि बढाएको एमसीसीमा अहिले उनीहरूले नै बखेडा झिकेको आरोप लगाएका छन् ।

शुक्रबार नेपाली काँग्रेस धनकुटाले गरेको अगुवा कार्यकर्ता भेलामा सहमहामन्त्री आङ्देम्बेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा आवश्यकता छ भनेर अघि बढाएको एमसीसीमा अहिले बखेडा झिकेको आरोप लगाएका हुन् ।

उनले अघिल्लो सरकारले संसदमा पेस गरेको एमसीसी वर्तमान सरकारले टेबल गरेको बताए ।

सहमहामन्त्री आङ्देम्बेले कम्युनिष्टले अघि बढाएको एमसीसीलाई अहिले उनीहरूले नै राष्ट्रघाती भन्न थालेको आरोप लगाए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : १० बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न