'नेपाली पात्रो'को प्रमुख कार्यकारी अधिृकतमा देवकोटा नियुक्त | Khabarhub Khabarhub

‘नेपाली पात्रो’को प्रमुख कार्यकारी अधिृकतमा देवकोटा नियुक्त


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार देवकोटा नियुक्त भएका छन् ।

देवकोटा डिजिटल मिडिया तथा स्मार्ट कम्युनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय रहेका छन् ।

२०५६ साल वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’ बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराईको पहिलो एफएम ‘रेडियो वीरगञ्ज ९९ मेगाहर्ज’ मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन् ।

उनी रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’ मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्सांकन विज्ञका रूपमा पनि छवि बनाएका छन् ।
देवकोटाले फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवसका दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् ।

२०६३ साल सर्वप्रथम Facebook App मार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ २०६६ मा गुगलको PlayStore मार्फत Android तथा Apple प्रयोगकर्ताहरूका लागि AppStore मार्फत् सार्वजनिक गरिएको थियो ।

नेपाली पात्रोको एप्लिेकेशनबाट मौलिक चाडपर्व, तिथि–मिति, पञ्चाङ, उत्सव तथा सांस्कृतिक गतिविधिका साथै भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदीको दैनिक दररेट, मौसमलगायतबारे जानकारी लिन सकिन्छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १० : ०९ बजे

चित्रकार शर्माको चित्र प्रदर्शनीमा पुगे प्रधानमन्त्री ओली (तस्बिरहरू)

काठमाडौं– ८८ वर्षीय चित्रकार हरिप्रसाद शर्माको चित्र प्रदर्शनी अवलोकन गर्न

गणतन्त्र र धर्म निरपेक्षताविरुद्ध आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

काठमाडौं– संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत

विदेशमा लगानी गर्न किन उत्साहित छन् व्यवसायी ?

काठमाडौँ – सरकारले बजेटमार्फत् नेपालीले विदेशमा लगानी गर्न पाउने सम्बन्धी

शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड

आन्दोलन झन् चर्काउने यातायात व्यवसायीको चेतावनी 

पोखरा– संघीय सरकारसँग संवादको प्रक्रियामा रहे पनि सार्वजनिक यातायात व्यवसायीहरूको