आजको बैठकले नयाँ सन्देश दिन खोजेका थियौँ, तर सकेनौँः सञ्चारमन्त्री कार्की « Khabarhub

आजको बैठकले नयाँ सन्देश दिन खोजेका थियौँ, तर सकेनौँः सञ्चारमन्त्री कार्की


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठकले आज नयाँ सन्देश दिने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको बताएका छन् ।

बालकोटस्थित ओली निवासबाट बाहिरिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले आजको छलफलबाट नयाँ सन्देश दिन खोजे पनि नसकेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । ‘आजको छलफलबाट तपाईँहरूलाई नयाँ सन्देश दिन खोजेका थियौँ तर सकेनौँ, यद्यपि हाम्रो छलफल भने जारी रहन्छ’, उहाँले भन्नुभयो, ‘गठबन्धन अहिले पनि जारी नै रहेको छ, आशा गरौँ संसद् सञ्चालन भएर सहमतिबाटै एमसीसी अगाडि बढ्छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली निवास बालकोटमा आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित नेपाली काँग्रेसका नेता र एमालेका नेताबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।

आजको छलफलमा काँग्रेसको तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालबीच वार्ता भएको थियो । बोलकोटमा शुक्रबार पनि राति अबेरसम्म प्रधानमन्त्री देउवासहित काँग्रेसका नेता र एमालेको तर्फबाट अध्यक्ष ओलीसहित एमालेका नेताबीच छलफल छलफल भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ८ : १५ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति