एमसीसीको विषयमा जसपा अझै एकमत हुन सकेन « Khabarhub

एमसीसीको विषयमा जसपा अझै एकमत हुन सकेन


१४ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीसीको विषयमा सत्ताधारी दल जनता समाजवादी पार्टी अझै एकमत बन्न सकेको छैन ।

एमसीसीको विषयमा अनिर्णित रहेको जसपाको शनिबार बसेको बैठकले कुनै निर्णय गर्न सकेन ।

जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले निश्कर्ष बिनै सकिएको हो । बैठक आइतबार पनि बस्नेछ ।

आइतबार बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेता अशोक राईबीच छलफल हुने बताइएको छ ।

शनिबारको बैठकमा यादवले एकलौटी पार्टी सञ्चालन गरेको, संगठन सुस्त बनाएको, एमसीसीमा मौन बसेको भन्दै डा. भट्टराई पक्षले चर्काे आलोचना गरेको थियो ।

डा. भट्टराई एमसीसी संसद्बाट अनुमोदन हुनुपर्ने पक्षमा छन् । उता यादव भने एमसीसीका विषयमा मौन छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ८ : ५४ बजे

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको