के ‘धुम ४’ बाट होला शाहरुख खानको कमब्याक ? « Khabarhub

के ‘धुम ४’ बाट होला शाहरुख खानको कमब्याक ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार शाहरुख खानले पछिल्लो समय कुनै फिल्म साइन गरेका छैनन् । किनकि, शाहरुखले अभिनय गरेका पछिल्ला फिल्म बक्स अफिसमा फ्लप रहे । जसका कारण उनी नयाँ प्रोजेक्ट गर्न डराइरहेका छन् ।

फिल्म फ्लप भए पनि बलिउडमा शाहरुखको क्रेज घटेको भने छैन । शाहरुखले आफ्नो होम प्रोडक्सनबाट फिल्म निर्माण पनि गरिरहेका छन् । र, नेटफिल्क्सबाट पनि सिरिज बनाइरहेका छन् ।

हाल आएर शाहरुख खानले धूम सिरिजको चौथो फिल्ममा धमाकेदार कमब्याक गर्न लागेको खबर बाहिर आएको छ । शाहरुख खानको धूमको फ्रेन्चाइजमा इन्ट्री हुन सक्ने भारतीय मिडियाले दाबी गरेका छन् ।

खबरका अनुसार धूम, धूम २धूम ३ को अपार सफलतापछि मेकर्सले धूम ४ को तयारी गरिरहेका छन् । यो फिल्ममा निर्देशक पनि नयाँ हुनेछन् । यशराज फिल्मसले शाहरुख खानलाई भिलेनका लागि एप्रोच गरेको छ । यदि शाहरुख खानले यो भूमिकालाई स्वीकारे भने उनलाई फिल्ममा देख्न पाइनेछ । साथै यो फिल्ममा उदय चोपडा र अभिषेक बच्चनलाई नयाँ प्रहरी अवतारमा देख्न सकिनेछ ।

धूम फ्रेन्चाइजको पछिल्लो फिल्ममा जोन अब्राहम, ऋतिक रोशन र आमिर खानले अभिनय गरिसकेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ४ : २३ बजे

स्पेनिस ला लिगा : बार्सिलोनालाई उपाधि, रियल मड्रिड निराश

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा

कच्चा निर्देशनले ‘राँटो’ राखे

फिल्म : मालती मंगलेकलाकार : विजय बराल, वर्षा राउत र

आईपीएल : मुम्बईलाई हराउँदै बैंगलुरु शीर्ष स्थानमा

काठमाडौँं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक

संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ– संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर