के ‘धुम ४’ बाट होला शाहरुख खानको कमब्याक ? | Khabarhub Khabarhub

के ‘धुम ४’ बाट होला शाहरुख खानको कमब्याक ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार शाहरुख खानले पछिल्लो समय कुनै फिल्म साइन गरेका छैनन् । किनकि, शाहरुखले अभिनय गरेका पछिल्ला फिल्म बक्स अफिसमा फ्लप रहे । जसका कारण उनी नयाँ प्रोजेक्ट गर्न डराइरहेका छन् ।

फिल्म फ्लप भए पनि बलिउडमा शाहरुखको क्रेज घटेको भने छैन । शाहरुखले आफ्नो होम प्रोडक्सनबाट फिल्म निर्माण पनि गरिरहेका छन् । र, नेटफिल्क्सबाट पनि सिरिज बनाइरहेका छन् ।

हाल आएर शाहरुख खानले धूम सिरिजको चौथो फिल्ममा धमाकेदार कमब्याक गर्न लागेको खबर बाहिर आएको छ । शाहरुख खानको धूमको फ्रेन्चाइजमा इन्ट्री हुन सक्ने भारतीय मिडियाले दाबी गरेका छन् ।

खबरका अनुसार धूम, धूम २धूम ३ को अपार सफलतापछि मेकर्सले धूम ४ को तयारी गरिरहेका छन् । यो फिल्ममा निर्देशक पनि नयाँ हुनेछन् । यशराज फिल्मसले शाहरुख खानलाई भिलेनका लागि एप्रोच गरेको छ । यदि शाहरुख खानले यो भूमिकालाई स्वीकारे भने उनलाई फिल्ममा देख्न पाइनेछ । साथै यो फिल्ममा उदय चोपडा र अभिषेक बच्चनलाई नयाँ प्रहरी अवतारमा देख्न सकिनेछ ।

धूम फ्रेन्चाइजको पछिल्लो फिल्ममा जोन अब्राहम, ऋतिक रोशन र आमिर खानले अभिनय गरिसकेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ४ : २३ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा