प्रदेश नम्बर ३ समूह विजेता बन्दै सेमिफाइनलमा « Khabarhub

प्रदेश नम्बर ३ समूह विजेता बन्दै सेमिफाइनलमा


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर ३ प्रधानमन्त्री कप (पीएम कप क्रिकेट) एकदिवसीय क्रिकेट प्रतियोगितामा समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा सुदुरपश्चिमलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले दिएको १ सय ५५ रनको लक्ष्य प्रदेश नम्बर ३ ले ३३.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित प्रदेश नम्बर ३ का लागि ईशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे । उनले ५३ रन बनाउँदा अदिल खानले ३३ रन, कप्तान पारस खड्काले २६ रन बनाए । प्रदेश नम्बर ३ विरुद्ध सुदुरपश्चिमका महेस अधिकारी, शेर मल्ल, विकास आग्री र विनोद लामाले समान एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको सुदुरपश्चिमले ४५.१ ओभर खेल्दै सबै विकेट गुमाएर १५४ रन मात्रै बनाएको थियो । सुदुरपश्चिमका लागि खडक बोहराले ४० रन, रोसन अधिकारीले २७ र नरेश बोहराले २६ रन बनाएका थिए । सुदुरपश्चिमलाई १५४ रनमा रोक्न प्रदेश नम्बर ३ का सूर्य तामाङले ३ विकेट लिए ।

यस्तै, प्रतिश जिसी र जितेन्द्र ठकुरीले समान २–२ विकेट लिँदा नन्दन कुमार यादव र पारस खड्काले समान एक–एक विकेट लिए । प्रदेश ३ र एपीएफको समान ६–६ अंक भएपनि नेट रनरेटका आधारमा प्रदेश नम्बर ३ समूह विजेता बन्यो ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ४ : २८ बजे

कोरियाली राजदूतद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट

काठमाडौं– नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव

काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू)

काठमाडौं– काठमाडौँका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले

दुई सय सात किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा