रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना « Khabarhub

रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा (एमाले)का तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीका स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ ।

स्व अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित ‘रवीन्द्र अधिकारी र मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले विकास र पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मानस्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिए। उनले पुरस्कारका लागि यस वर्षबाट रु २५ लाखको अक्षयकोष स्थापना गरी सुरूआत गरिने बताए । उनका अनुसार उक्त पुरस्कार अधिकारीको जन्म दिन वैशाख २२ को अवसर पारेर प्रदान गरिने छ ।

सो अवसरमा प्रतिष्ठानका महासचिव धनराज आचार्यले तेस्रो स्मृति दिवस त्रिदिवसीयरूपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री विनोद प्रतीक, अग्रज पत्रकार पुण्य पौडेल, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतका सञ्चाकर्मीले स्व अधिकारीले सञ्चारलगायत विविध क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा चर्चा गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ४५ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय