दुई प्रहरी संगठनका प्रमुखलाई गृहमन्त्रीको प्रश्न– सोलुखुम्बुमा विप्लव समूहले के–के गर्‍यो ? « Khabarhub

दुई प्रहरी संगठनका प्रमुखलाई गृहमन्त्रीको प्रश्न– सोलुखुम्बुमा विप्लव समूहले के–के गर्‍यो ?


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नियमित ब्रिफिङका लागि गृहमन्त्रालय पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय सर्वेन्द्र खनाल र सैलेन्द्र खनालसँग गृहमन्त्री रामबहादुर थापा बादलले सोलुखुम्बुको घटनामा केन्द्रित भएर छलफल गरेका छन् ।

गृहमन्त्रालय स्रोतका अनुसार छलफलका क्रममा मन्त्रालयले देशभरका प्रहरी चौकीमा प्रहरीको संख्या बढाउने र सशस्त्र प्रहरी समेत परिचालन गर्ने रणनीति अघि सारेको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ मा रहेको प्रहरी चौकीमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आक्रमणको प्रयास गरेपछि गृह मन्त्रालयले प्रहरीको संख्या बढाउने रणनीति अघि सारेको हो ।

‘आज नियमित ब्रिफिङका क्रममा सुरक्षा निकायका प्रमुख सँग छलफल भएको हो । त्यसमा सोलुखुम्बुको विषय पनि उठेको थियो,’ गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले खबरहव सँग कुरा गर्दै भने, ‘गाउँमा केही हतियारधारी समूह प्रवेश गरेको सूचनापछि त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, अहिलेसम्म त्यस्तो कुनै हतियारधारी व्यक्ति भेटिएका छैनन् ।’

गृहको आग्रहमा प्रहरी र सशस्त्र प्रहरीको टोली सेनाको हेलिकोप्टरमा घटनास्थल पुगेर विप्लव समूहको खोजी समेत गरिरहेको छ । गृह स्रोतका अनुसार, सोलुखुम्बुको घटनापछि आवश्यकता अनुसार देशभर रहेका प्रहरी चौकी सार्नेदेखि बलियो बनाउने सम्मका बिषयमा भने छलफल भएको थियो ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ५ : ४२ बजे

म्याग्दीको रघुगंगामा सडक खनिरहेको डोजर र चालकलाई पहिरोले पुर्‍यो

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको

पाँच वर्षदेखि प्रयोगविहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम– सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको

वडा सीमा विवाद सुल्झाउने मापदण्डको  सुझावमाथि अध्ययन जारी

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौं– नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात