राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति सरकारले कुनै गलत सम्झौता गर्दैन : अर्थमन्त्री | Khabarhub Khabarhub

राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति सरकारले कुनै गलत सम्झौता गर्दैन : अर्थमन्त्री


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले सरकारले राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति कुनै गलत सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

प्रतिनिधिसभा बैठकमा आइतबार एमसीसीको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रियता र स्वाधिनता सबै नेपालीका लागि महत्वपूर्ण रहेको बताए। नेपाल कुनै पनि मुलुकको सैन्य रणनीतिको हिस्सेदार हुनै नसक्ने उल्लेख गर्दै अर्थमन्त्री शर्माले एमसिसीलाई विकास परियोजनाका रुपमा लागू गर्न सरकार क्रियाशील रहेको बताए ।

संविधान, लोकतन्त्रको रक्षा गर्ने उद्देश्यले सरकार बनेको भन्दै उनले नेपालले सबै मुलुकसँग समान व्यवहार गर्ने बताए। अर्थमन्त्री शर्माले संसद्मा टेबुल भएको एमसिसी सम्बन्धित सम्झौता माथिको बृहत् छलफल गर्न आग्रह गरे। उनले एमसिसी सम्झौताका सम्बन्धमा सांसदहरूले उठाएको जिज्ञाशा, सडकमा उठेका आवाज र जनताको चासो चिन्तामा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए।

त्यस्तै अर्थमन्त्री शर्माले सम्झौताका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास र प्रचलित कानुनमा भएको व्यवस्थाअनुसार व्याख्यात्मक व्यवस्था गर्न लागिएको बताए =। अर्थमन्त्रीको जवाफ पछि उक्त सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ०८ बजे

तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले

भारतद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके– भारतले नेपालका बाढीपीडितका लागि सामग्री हस्तान्तरण गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिछाने विरुद्ध पुनरावेदन नगर्ने

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने

चाडबाडमा जुठो, सुतक : कति पुस्तासम्म बार्नुपर्छ ?

चाडपर्व, पूजाआजा, विहेबारीका मांगालिक कामको तामझाम चलिरहँदा झ्वाट्ट कतैबाट जुठो,