करणी र हत्याहत्या गरेको आरोपमा एक पक्राउ | Khabarhub Khabarhub

करणी र हत्याहत्या गरेको आरोपमा एक पक्राउ


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे बस्ने १२ वर्षीय छात्राको करणी गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी यही फागुन ११ गते विद्यालयबाट छुट्टि भई घर फर्किरहेकी बालिकालाई जङ्गलको बाटोमा करणी गरी हत्या गरेको आरोपमा लेटाङ नगरपालिका–८ बस्ने ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको जनाएको छ ।

आरोपी गिरीले बालिकाको करणीपश्चात हत्या गरी जङ्गलमा ढुङ्गाले छोपी विद्यालयको पोशाक आफ्नो घरभन्दा ५०० मिटर टाढा जलाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

मृतक बालिकाको विद्यालय घरभन्दा दुई घण्टाको दूरीमा जङ्गलको बाटो भएर जानुपर्दछ । आरोपी गिरीलाई लाइटरको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । निज आरोपीलाई जबरजस्ती करणी तथा हत्याको अभियोगमा मुद्दा चलाई सजाय माग गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : १३ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’