करणी र हत्याहत्या गरेको आरोपमा एक पक्राउ « Khabarhub

करणी र हत्याहत्या गरेको आरोपमा एक पक्राउ


१५ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरे बस्ने १२ वर्षीय छात्राको करणी गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी यही फागुन ११ गते विद्यालयबाट छुट्टि भई घर फर्किरहेकी बालिकालाई जङ्गलको बाटोमा करणी गरी हत्या गरेको आरोपमा लेटाङ नगरपालिका–८ बस्ने ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको जनाएको छ ।

आरोपी गिरीले बालिकाको करणीपश्चात हत्या गरी जङ्गलमा ढुङ्गाले छोपी विद्यालयको पोशाक आफ्नो घरभन्दा ५०० मिटर टाढा जलाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

मृतक बालिकाको विद्यालय घरभन्दा दुई घण्टाको दूरीमा जङ्गलको बाटो भएर जानुपर्दछ । आरोपी गिरीलाई लाइटरको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । निज आरोपीलाई जबरजस्ती करणी तथा हत्याको अभियोगमा मुद्दा चलाई सजाय माग गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : १३ बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम