युक्रेनमाथि आक्रमण गर्न रुसलाई बेलारुसको साथ, बेलारुसी सैनिक पनि युक्रेन पसे « Khabarhub

युक्रेनमाथि आक्रमण गर्न रुसलाई बेलारुसको साथ, बेलारुसी सैनिक पनि युक्रेन पसे


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ- रुसी आक्रमणमा सघाउन बेलारुसका सैनिक पनि युक्रेन प्रवेश गरेका छन् । युक्रेन सरकारले युक्रेनमा बेलारुसका सैनिक प्रवेश गरेको जानकारी दिएको हो ।

युक्रेनको संसद्ले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै ‘बेलारुसी फौज चेर्निहिभ क्षेत्रमा प्रवेश गरेको’ जनाएको छ । यस क्षेत्र बेलारुसको सीमानजिक युक्रेनको उत्तरी भेगमा पर्छ ।

यससँगै बेलारुस युक्रेनमाथि आक्रमण गर्ने दोश्रो राष्ट्र बनेको बेलायतको पत्रिका द मिररको अनलाइन संस्करणले जनाएको छ । यसअघि रुसी सेनाले बेलारुसको भूमि प्रयोग गर्दै युक्रेनको उत्तरी सीमाबाट आक्रमण थालेका थिए । यद्यपि बेलारुसका राष्ट्रपति अलेक्जाण्डर लुकासेन्कोले युक्रेनमा जारी आक्रमणमा आफ्ना सैनिकको सहभागिता नरहेको बताएका थिए ।

पछिल्ला केही दिनयता पश्चिमा मुलुकहरुले रुस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै बेलारुस र राष्ट्रपति लुकासेन्कोमाथि पनि आर्थिक प्रतिबन्धहरूको घोषणा गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ५ : ४८ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय