युक्रेनमा रुस युद्ध अपराधमा संलग्न – जेलेन्स्की « Khabarhub

युक्रेनमा रुस युद्ध अपराधमा संलग्न – जेलेन्स्की


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ- रुसले युक्रेनमा युद्ध अपराध गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् ।

दोश्रो ठूलो शहर खार्किभमा दर्जनौँको ज्यान लिनेगरी रुसले गरेको गोलाबारीलाई राष्ट्रपति जेलेन्स्कीले युद्धअपराधको संज्ञा दिएका हुन् ।
सोमबार रुसले युद्धमा प्रतिबन्धित क्लस्टर बमको प्रयोग गरी खार्किभमा गोलाबारी गरेको थियो । गोलाबारीमा ३ बालबालिकासँगै ९ सर्वसाधारणको ज्यान गएको युक्रेनी अधिकारीले जनाएका छन् ।

रुसी फौजले सर्वसाधारणलाई जानाजान निशाना बनाइरहेको प्रत्यक्षदर्शीहरुले बताएको जेलेन्स्कीको भनाई छ ।

‘स्पष्ट रुपमा भन्दा यो युद्ध अपराध हो ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘रुसीहरुलाई कहाँ आक्रमण गरिएको छ भन्ने राम्रोसँग थाहा थियो ।’

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ५ : ५७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ