म एक्सन फिल्मबाहेक अरु सोच्दिनँ : निर्देशक मुकुन्द भट्ट   « Khabarhub

म एक्सन फिल्मबाहेक अरु सोच्दिनँ : निर्देशक मुकुन्द भट्ट  


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो शुक्रबारबाट ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउँदै छ । एक्सन थ्रीलर फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका छन् । उनले ’लप्पन छप्पन’लाई सिक्वेलको रुपमा नभई सिरिजको रुपमा अगाडि बढाइरहेका छन् ।

’लप्पन छप्पन’ नाम मुकुन्दसहितको टिमले दर्ता गरेपछि नेपालकै एक ठूलो व्यानरले समेत मागेका थियो । तर, मुकुन्दले यस नाममा आफैंले सिरिज ल्याइरहेका छन् । ‘यो नाम हाम्रो लागि खास छ । यसैले गर्दा पनि सिरिज दर्शकसामु ल्याइरहेका छौँ’ मुकुन्दले भने ।

उनले ‘लप्पन छप्पन ३’ पनि आउने संकेत गरे । उनी भन्छन्, ‘पहिलोभन्दा दोस्रोमा आफ्नो कमजोरीलाई सुधार्दै अझै स्ट्याइलिस् बनाउने प्रयास गरेका छौँ ।’ पहिलोमा भएको कमीकमजोरी दोस्रोमा नदोहोरियोस् भन्ने सोचले नै फिल्मलाई सिक्वेलभन्दा पनि सिरिज तर्फ मोडिएको निर्देशक भट्टले बताए ।

नेपाली फिल्ममा ‘वार’मार्फत निर्देशकको रुपमा उदाएका भट्टले त्यसयता लप्पन छप्पनको दुई सिरिज निर्देशन गरिसकेका छन् भने एक्स नाइनको तयारी गरिरहेका छन् । उनका फिल्महरू एक्सन जनराकै छन् ।

‘ मलाई आफैँ पनि एक्सनसँग जोडिएर आउने थ्रील र सस्पेन्स मन पर्छ । त्यसैले गर्दा म यस्तै जनराका फिल्म दर्शकसम्म ल्याउने कोसिस गर्छु,’ उनले भने ।

पछिल्लो समय नेपालमा पनि साउथ इन्डियन फिल्मको क्रेज बढ्दो रहेकाले यस जनरामा सहज भने पक्कै छैन । नेपालमा बजेट अभावले गर्दा एक्सनमा धेरै खर्च गर्न सक्ने अवस्था हुँदैन । निर्देशक भट्ट भने आउँदो समयका लागि अहिले बजार तयार गर्नु पर्नेमा जोड दिन्छन् ।

‘अहिले गर्ने लगानीले दर्शकसँगै विश्वास पनि बढ्छ । लप्पन छप्पनकै दोस्रो सिरिजमा गरिएको लगानी चार करोड बढी छ । हामीले स्तरीय फिल्म दर्शकसामु पु¥याएर ब्राण्ड बनाउने सोचमा छौँ,’ निर्देशक भट्टले भने ।

उनले नेपालमा राम्रो एक्सन थ्रीलर फिल्म सोच्ने हो भने १२ करोड आसपासमा खर्च हुने समेत बताए । उनले फिल्मलाई नेपालमा मात्र नभई युरोप र अस्ट्रेलियामा समेत छायांकन गरेका छन् ।

उनले फिल्ममा पैसाको पावरमा कसरी देशलाई केही व्यक्तिले आफूअनुसार चलाउने गरेका छन् भन्ने तथ्यलाई देखाउन खोजेका छन् । अन्तरदेशीय ग्याङस्टार, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितिलाई चित्रण गरिएको फिल्मले सार्वजनिक ट्रेलर तथा टिजरमार्फत स्टाइलिस फिल्मको ट्याग पाइसकेको छ ।

शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट लगायतको अभिनय रहेको यस एक्सन ड्रामा फिल्म मार्फत शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दै छन् ।

खिलेन्द्रराज तिम्सिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’ मा पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन्  भने पटकथामा अमित शर्माको पनि साथ छ ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । यसमा किङ योगी र दिलीप ओकेडाको कोरियोग्राफी छ भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।

गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेर फिल्म निर्माण गरेका हुन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । यसमा समीर खरेल क्रियटिभ निर्माता, सहनिर्मातामा राजीव तामाङ, वेदबहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ७ : ३९ बजे

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र