कोरोना निको हुनेको संख्या ३७ करोड नाघ्यो « Khabarhub

कोरोना निको हुनेको संख्या ३७ करोड नाघ्यो


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३७ करोडभन्दा धेरै भएको छ।

पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म १७ लाख ४२ हजार संक्रमित निको भएसँगै विश्वभर कोरोना जित्नेको संख्या ३७ करोड ५ लाखभन्दा धरै भएको हो।

त्यसैगरी २४ घण्टामा १२ लाख संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४३ करोड ३ लाखभन्दा धेरै भएको छ। यो अवधिमा थप ६ हजार संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५९ लाख ८२ हजार पुगेको कोरोनाको छ।

कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरका अनुसार निको हुनेको संख्या बढ्दै गए पनि विश्वभर ६ करोड १ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ७४ हजारको अवस्था जटिल छ भने बाँकीको अवस्था सामान्य छ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८ करोड ६ लाखमा कोरोना पुष्टि हुँदा ९ लाख ७६ हजारको मृत्यु भइसकेको छ। ५ करोड ३६ लाख भने निको भएका छन्। संयुक्त राज्य अमेरिकामा मात्रै दैनिक एक हजारभन्दा बढीको कोरोनाले मृत्यु हुने गरेको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : ४५ बजे

तुवाँलोले छोपिएको लुम्बिनी (तस्बिरहरू)

लुम्बिनी– पुस महिनाको सुरुवातसँगै चिसो बढेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई

पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

तनहुँ– यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन

सोताङमा निःशुल्क स्वास्थ्य शिविर : उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौं– हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क

विराटचोक घिनाघाट सडक ५ पटक म्याद थप्दा पनि बनेन

काठमाडौं– कोशी प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको विराटचोक घिनाघाट

अध्यक्षमा ओलीलाई २९५ मतको अग्रता, महासचिवमा पोखरेल ६२ मतले अगाडि

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी