रसुवामा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु « Khabarhub

रसुवामा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो कालिका गाउँपालिका १ स्थित गुम्चेतमा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउने दुई महिला रहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको रसुवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भागेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर घाइते भएका ६ जनालाइ उपचारको लागि जिल्ला अस्पताल त्रिशूली नुवाकोट ल्याइएको छ । घाइते हुने ६ जना मध्ये दुई बच्चा र एक महिला रहेका छन् ।

प्रहरीको अनुसार जीपमा ११ जना यात्रु रहेको पाइएकाले दुर्घटना पश्चात् हराइरहेकाहरुको खोजी भइरहेको छ । गाडी त्रिशूली नदि किननरमा पुगेकाले हराएकाहरु नदिमा परेर बेपत्ता भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा उद्वार एंव खोजीको लागि रसुवा र नुवाकोटबाट खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खटिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १० : ०३ बजे

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा