३५ वर्षसम्म अविवाहित भए सामाजिक सुरक्षा भत्ता « Khabarhub

३५ वर्षसम्म अविवाहित भए सामाजिक सुरक्षा भत्ता


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काभ्रेको पनौती नगरपालिकाले संघीय सरकारद्वारा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ भन्ने खबर नागरिक दैनिकमा छ।

नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई लाभग्राहीका रूपमा समेटिएको हो। ‘संघीय सरकारले अविवाहित र सम्बन्ध विच्छेद भएका महिलालाई ६० वर्ष पुगेपछि मात्रै सामाजिक सुरक्षा भत्ता पाउने योग्य मानेको छ।

यस्तै लामो अवधिसम्म पति बेपत्त भएका महिलाको हकमा केही व्यवस्था छैन,’ नगरप्रमुख भीम न्यौपानेले भने,‘ हामीले संघीय सरकारको मापदण्डमा नपरेका महिलालाई समेत सामाजिक सुरक्षा भत्ताको दायरामा ल्याएर लाभग्राहीको सूचीमा राख्ने भएका छौं।’

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ५ : २० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको