अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत « Khabarhub

अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् ।

अध्यक्ष लिङ्देननले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गर्नुभएको छ,’ श्रेष्ठले भने, ‘१४ जनामध्ये एक अभिनेत्री रेखा थापा पनि हुन् ।’

गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्ती शाहीसँग पराजित भएकी थिइन् । महामन्त्रीमा पराजित भएकी थापालाई केन्द्रीय सदस्यमा मनोनय नगरिएको हो ।

मनोनीत हुनेमा थापासहित लिलादेवी श्रेष्ठ, विन्दु पौडेल, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ११ : ४२ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर