रुसप्रति लक्षित गर्दै बाइडेनले भने, ‘तानासाही प्रवृत्तिलाई स्वतन्त्रताले जित्नेछ’ « Khabarhub

रुसप्रति लक्षित गर्दै बाइडेनले भने, ‘तानासाही प्रवृत्तिलाई स्वतन्त्रताले जित्नेछ’


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरुलाई कमजोर आँकेर युक्रेनमाथि आक्रमण गरेको टिप्पणी गरेका छन् ।

अमेरिकी कँग्रेसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् । पुटिन नियोजित रुपमा र अकारण युद्धमा होमिएको बाइडेनले बताए ।

पुटिनले बारम्बारका कूटनीतिक पहलको पनि बेवास्ता गरेको सम्बोधनका क्रममा बाइडेनले आरोप लगाएका छन् ।

उनले भने ‘उनलाई पश्चिमा मुलुक र नेटोले केही नगरी बस्छन् भन्ने लागेको थियो र हामीलाई फुटाउँला भन्ने पनि उनको चाल थियो ।’ ‘पुटिन गलत थिए, हामी तयार थियौँ ।’

उनले ‘तानासाही प्रवृत्तिलाई स्वतन्त्रताले जित्ने’ विश्वासमा आफू अडिग रहेको समेत बताएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ११ : ५६ बजे

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक