तानाशाही प्रवृत्तिलाई स्वतन्त्रताले जित्नेछ : बाइडेन | Khabarhub Khabarhub

तानाशाही प्रवृत्तिलाई स्वतन्त्रताले जित्नेछ : बाइडेन


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरुलाई कमजोर आँकेर युक्रेनमाथि आक्रमण गरेको टिप्पणी गरेका छन् । अमेरिकी काँग्रेसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् ।

पुटिन नियोजित रुपमा र अकारण युद्धमा होमिएको समेत बाइडेनले बताए । पुटिनले बारम्बारका कूटनीतिक पहलको पनि बेवास्ता गरेको सम्बोधनका क्रममा बाइडेनले बताए ।

उनले भने ‘उनलाई पश्चिमा मुलुक र नेटोले केही नगरी बस्छन् भन्ने लागेको थियो । र घरमा हामीलाई फुटाउँला भन्ने पनि उनको चाल थियो ।’
‘पुटिन गलत थिए, हामी तयार थियौँ ।’ बाइडेनको भनाई थियो ।

उनले ‘तानाशाही प्रवृत्तिलाई स्वतन्त्रताले जित्ने’ विश्वासमा आफू अडिग रहेको समेत बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १२ : २२ बजे

नेपालमा विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

दोधारा चाँदनी– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस

कांग्रेस बैठकमा विश्वप्रकाशले भने– छैटौंपटक प्रधानमन्त्री बन्नुहुन्न, सभापतिले सम्मानजनक बिदाइ लिनुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई छैटौंपटक